समाज/राजनीति

हेटौंडा उपमहानगर : सत्ता गठबन्धनलाई जसपाको घात, एमालेलाई राप्रपा नेपालको साथ

मकवानपुर । बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका रहेको हेटौंडामा यस पटक कसले बाजी मार्ला ? अहिले सबैले यही प्रश्न गर्न थालेका छन् । स्थानीय निर्वाचन नजिकिएसँगै यहाँ सत्ता गठबन्धन र अर्को प्रमुख प्रतिस्पर्धी एमालेले आआफेनो जीतको दावी गर्न थालेका छन् । सत्ता गठबन्धनमा हेटौंडा उपमहानगरपालिकाको मेयरको भाग नेकपा एकीकृत...

हेटौँडाको मयेरमा एमाले भर्सेस पूर्व एमाले

मकवानपुर । बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौंडाको मेयरमा एमालेविरुद्ध पूर्व एमाले भिड्ने भएका छन् । एमालेबाट मेयरमा आनन्त पौडेल र उपमेयरमा सुमित्रा काफ्लेले उम्मेदवारी दर्ता गराएका छन् । पौडेलको प्रस्तावकमा वर्तमान मेयर हरिबहादुर महत र समर्थकमा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल छन् । उपमेयर काफ्लेको प्रस्तावकमा आरती...

आहा ! हेटौंडा भन्ने बनाउँछौं : अनन्त पौडेल

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाका मेयरका पदका उम्मेदवार अनन्त पौडेलले प्रदेशको राजधानी हेटौंडालाई सबैले आहा ! भन्ने गरी विकास गर्ने बताएका छन् । नेकपा एमाले ७ नम्बर वडा कमिटिले आदर्श टोलमा स्थापना गरेको चुनाव प्रचार प्रसार सम्पर्क कार्यालयको उद्घाटन गर्दै मेयर पदका उम्मेदवार पौडेलले बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको...

हेटौंडाको उपमेयरमा स्वतन्त्रबाट सुरज पाण्डेको उम्मेदवारी दर्ता

मकवानपुर । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको उपमेयरमा एक स्वतन्त्रसहित नौ जनाले मनोनयन दर्ता गराएका छन् । हेटौंडा–२ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् । आठ जनाले विभिन्न दल र एक जनाले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका हुन् । स्वतन्त्र बाट उम्मेदवारी...

एमालेले गर्यो इन्द्रसरोवरमा पालिका अध्यक्षसहित सबै पदमा मनोदयन दर्ता

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षसहित वडा अध्यक्ष लगाएत सबै पदमा मनोनयन दर्ता गरेको छ । बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि एमालेको तर्फ बाट अध्यक्षमा देवकृष्ण पुडासैनी र उपाध्यक्षमा उमाकुमारी लामाले मनोनयन दर्ता गरेका हुन् । गत स्थानीय तहको निर्वाचमा इन्द्रसरोवरमा...

हेटौंडाको मेयरमा १७ जनाको उम्मेदवारी

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मेयरका लागि १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । विभिन्न राजनीतिक दलबाट १२ जना र स्वतन्त्र ५ जना गरी १७ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ । निर्वाचन कार्यतालिका अन्तर्गत् आइतबार र सोमबार उम्मेदवारी दर्ता भएको हो । हेटौंडाको मेयरमा नेकपा...

‘समृद्ध पालिका निर्माण गर्न मेरो उम्मेदवारी’– हुमागाईं

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षसहित वडा अध्यक्षहरुमा मनोनयन दर्ता गरेको छ । बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि एमालेको तर्फ बाट अध्यक्षमा विदुर हुमागाईं र उपाध्यक्षमा सन्तु थिङले मनोनयन दर्ता गरेका हुन् । मनोनयन दर्ता पश्चात प्रतिकृया दिदै हुमागार्इंले आफुले ५...

‘पार्टीले मलाई अपमान गर्‍यो’–रवीन्द्र घिमिरे

मकवानपुर । नेपाली काँग्रेसले हेटौंडा उपमहानगरपालिका २ को वडा अध्यक्षमा २ व्यक्तिलाई एकै पदमा टिकट दिएपछि पार्टीभित्र कलह सुरु भएको छ । काँग्रेसतर्फबाट हेटौंडा २ को वडा अध्यक्षमा टिकट पाएका रवीन्द्र घिमिरेले पार्टीले आफूसँगै एउटै पदमा अर्का व्यक्तिलाई टिकट दिएर अपमान गरेको आरोप लगाएका छन् । काँग्रेस मकवानपुरले हेटौंडा–२...

गठबन्धनको तर्फबाट हेटौंडाको मेयरमा लामा र उपमेयरमा बानियाँको मननोयन दर्ता

मकवानपुर । पाँच दलीय सत्ता गठबन्धनको तर्फबाट हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयरमा मनोनयन दर्ता भएको छ । आज सोमबार तामझामकासाथ हेटौंडा–२ स्थित निर्वाचन कार्यालय पुगेर नेकपा (एकीकृत समाजवादी)को तर्फबाट मेयरमा मिना लामा र नेपाली काँग्रेसको तर्फबाट उपमेयरमा राजेश बानियाँले मनोनयन दर्ता गराएका हुन् । लामा यस अघिको निर्वाचनमा नेकपा...

मनहरी काँग्रेसमा विचलन : असन्तुष्ट समूहले काँग्रेस (वीपी)बाट मनोनयन दर्ता

मकवानपुर । नेपाली काँग्रेसमा असन्तुष्ट रहेका समूहले नेपाली काँग्रेस (वीपी)बाट चुनावमा होमिने भएका छन् । सत्ता गठबन्धनको निणर्यअनुसार मकवानपुरको मनहरी गाउँपालिका काँग्रेसको भागमा परेता पनि नेतृत्वले आफुखुसी टिकट बाँडेको भन्दै असन्तुष्ट समूहले काँग्रेस (वीपी) को नाममा मनहरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा मनोनयन दर्ता गराएका हुन् । नेपाली काँग्रेस माहाधिवेशन...