हेटौंडाको मेयरमा १७ जनाको उम्मेदवारी

अखबार हब
२०७९ बैशाख १२, सोमबार २१:५८

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मेयरका लागि १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

विभिन्न राजनीतिक दलबाट १२ जना र स्वतन्त्र ५ जना गरी १७ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ । निर्वाचन कार्यतालिका अन्तर्गत् आइतबार र सोमबार उम्मेदवारी दर्ता भएको हो ।

हेटौंडाको मेयरमा नेकपा एमालेबाट अनन्त पौडेल, सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा (एस)को तर्फबाट मीनाकुमारी लामा, नेपालका लागि नेपाली पार्टी मुकुन्द प्रसाद आचार्य, नेपाल कम्युनिस्ट पार्टी माले केशव घर्ती, जनता समाजवादी पार्टी नेपाल दिपा लामा, राप्रपा दिपकबहादुर सिंहले मेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन अधिकृतको कार्यालय अनुसार मेयरमा नेपाल मजदुर किसान पार्टी रमेशमान सिंह, उन्नत लोकतन्त्र पार्टी अयोध्याकुमार भट्टाराई, सचेत नेपाली पार्टी रामप्रसाद गौतम, नेपाल कम्युनिस्ट पार्टी समाजवादी, रोमनाथ भुर्तेल, मौलिक जरोकिलो पार्टी सिर्जना बर्तौला उम्मेदवारी परेको छ ।

स्वतन्त्रबाट कबिराज पाठक, पुरुषोत्तम रुपाखेती, उत्तमकुमार दुलाल, लिलाकुमारी आचार्य र देवराज पौडेलले उम्मेदवारी दर्ता गराएको कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*