‘पार्टीले मलाई अपमान गर्‍यो’–रवीन्द्र घिमिरे

अखबार हब
२०७९ बैशाख १२, सोमबार २०:३७

मकवानपुर । नेपाली काँग्रेसले हेटौंडा उपमहानगरपालिका २ को वडा अध्यक्षमा २ व्यक्तिलाई एकै पदमा टिकट दिएपछि पार्टीभित्र कलह सुरु भएको छ ।

काँग्रेसतर्फबाट हेटौंडा २ को वडा अध्यक्षमा टिकट पाएका रवीन्द्र घिमिरेले पार्टीले आफूसँगै एउटै पदमा अर्का व्यक्तिलाई टिकट दिएर अपमान गरेको आरोप लगाएका छन् ।

काँग्रेस मकवानपुरले हेटौंडा–२ को अध्यक्षको उम्मेदवारमा घिमिरे र विष्णुगोपाल महर्जनलाई टिकट दिएको थियो तर, आज निर्वाचन आयोगमा मनोनयन दर्ता गर्ने क्रममा महर्जन पहिलो भएका कारण घिमिरेको दर्ता भने आयोगले लिन नमानेको हो ।

सोसँगै पार्टीसँग असन्तुष्ट रहेका घिमिरे पत्रकार सम्मेलनको आयोजना गरी पार्टीले एकै पदमा दुई जनाको नाममा टिकट दिँदा आफूलाई पार्टीले अपमान गरेको उनले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘पार्टीबाट मलाई धोका भयो, यस विषयमा नेतृत्वले छिटै नै निकास निकाल्नुपर्छ ।’ ‘आयोगले आफूलाई पार्टीको चुनाव चिह्न नदिएको खण्डमा स्वतन्त्र उठ्छु र एक भोट बढी ल्याएर चुनाव जीत्ने छु ।’ उनले भने ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*