हेटौंडाको उपमेयरमा स्वतन्त्रबाट सुरज पाण्डेको उम्मेदवारी दर्ता

अखबार हब
२०७९ बैशाख १३, मंगलवार ०८:४५

मकवानपुर । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको उपमेयरमा एक स्वतन्त्रसहित नौ जनाले मनोनयन दर्ता गराएका छन् ।

हेटौंडा–२ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।

आठ जनाले विभिन्न दल र एक जनाले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका हुन् । स्वतन्त्र बाट उम्मेदवारी दर्ता गर्ने हेटौंडा १६ का युवा उमेदवार सुरज पाण्डे को चर्चा बढी देखिएको छ ।

हेटौंडामा हुने अधिकाश स्लो बाइक प्रतियोगितामा सधै पहिलो हुने पाण्डे सबैको रोजाइमा परेका छ्न् । हेटौंडा उपमहानगर पालिका १६, १७, १८, र ६ नम्बरमा निक्कै लोकप्रिय रहेका पाण्डेले नेपाली काँग्रेसको अधिकांक मत तान्ने मतदाताको भनाइ रहेको छ ।

स्वतन्त्रबाट सामाजिक काममा सधै लागि रहने युवा उमेदवार पाण्डे मात्र हेटौंडा उपमहानगरको उपमेयरको दाबी रहेका कारण पाण्डेले पाउने मत नै निर्णायक रहेने मतदाता बताउँछ्न् ।

उपमेयरमा नेकपा एमालेबाट उपप्रमुख सुमित्रा काफ्ले , सत्तारुढ गठबन्धन (नेपाली कांग्रेस)को तर्फबाट राजेश बानियाँ, मौलिक जरोकिलो पार्टीबाट सुनिल घिमिरे, नेपाल कम्युनिस्ट पार्टी समाजवादीबाट मख्खकुमारी तिमल्सिना, जनजागरण पार्टी नेपाल शिवकुमारी पाठक, नेपाल कम्युनिस्ट पार्टी माले अम्बिका लामिछाने, जनता समाजवादी पार्टी नेपाल हरिहर खतिवडा, राप्रपा इन्दिरा न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् ।

राजनितीक दलको फोहोरी खेलबाट आजित भएका हेटौंडा उपमहानगर पालिकाका मतदाताले उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका पाण्डेर्ला साथ दिन सक्ने बुझिएको छ । स्वतन्त्र उमेदवार पाण्डे मत माग्दै मतदाताको घर दैलोमा पुग्न थालेका छ्न् ।

यसमा तपाइको मत

Your email address will not be published.


*