‘समृद्ध पालिका निर्माण गर्न मेरो उम्मेदवारी’– हुमागाईं

अखबार हब
२०७९ बैशाख १२, सोमबार २१:२०

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षसहित वडा अध्यक्षहरुमा मनोनयन दर्ता गरेको छ ।

बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि एमालेको तर्फ बाट अध्यक्षमा विदुर हुमागाईं र उपाध्यक्षमा सन्तु थिङले मनोनयन दर्ता गरेका हुन् ।

मनोनयन दर्ता पश्चात प्रतिकृया दिदै हुमागार्इंले आफुले ५ बर्षमा सुरुवात गरेको कामको पुर्णता र नयाँ योजनाका साथ गढी गाउँपालिकालाई समृद्ध र सवल बनाउन आफुले उम्मेदवारी दिएको उनले बताए । .अबको ५ बर्ष एमालेले नेतृत्व गर्न पाएको खण्डमा पालिकालाई समुन्नत गाउँपालिका बनाउने उनको भनाई छ । हुमागाईं वर्तमान पालिका अध्यक्ष समेत हुन भने उनले केहि दिन अहि पदबाट राजिनामा दिएका थिए ।

गाउँपालिकाको अध्यक्षमा गठबन्धनको तर्फबाट अध्यक्ष पदमा दोर्जेलामा स्याङतानको उम्मेदवारी परेको छ । स्वतन्त्र उम्मेदवारमा कृष्ण प्रसाद कडेलले र मंगोल नेशनल अर्गनाइजेसनको तर्फबाट युवराज लामाको पनि अध्यक्षमा उम्मेदवारी परेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*