समाज/राजनीति
अन्ततः श्रीधरको रोजाइमा एमाले
मकवानपुर । नेकपा (एकीकृत समाजवादी) छाडेको भोलि पल्टै श्रीधर पोखरेल नेकपा एमालेमा फर्किएका छन् । बिहीबार काठमाडौंमा भएको एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हातबाट टिका लगाएर पोखरेल एमाले प्रवेश गरेका हुन् । नेकपा (एकीकृत समाजवादी) मकवानपुर जिल्ला अध्यक्ष रहेका पोखरेलले बुधबार हेटौंडामा पत्रकार सम्मेलन गरेर पार्टी...
भ्रष्टाचार गर्दिन भन्दै राप्रपा हेटौंडाका उम्मेदवारले खाए कसम
मकवानपुर । भ्रष्टाचार गर्दिन भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हेटौंडा उपमहानगरपालिकाको विभिन्न पदमा मनोनयन दर्ता गराएका उम्मेदवारहरुले कसम खाएका छन् । विहीबार हेटौंडा ४ स्थित भुवनेश्वर मन्दिरमा हेटौंडा उपमहानगरपालिकाको मेयर, उपमेयर लगायत १९ वटै वडामा उम्मेदवारी दिएका उम्मेदवारहरुलाई भगवान साक्षी राखेर सामूहिक रुपमा सपथ खुवाइएको हो । मेयर पदका उम्मेदवार दीपक...
लोथर बजारमा एमालेको घरदैलो
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा नेकपा एमालेका उम्मेदवारले चुनावप्रचार प्रसार अभियानलाई तीव्रता दिएका छन् । आज बिहीबार मनहरी गाउँपालिका वडा नं ६ स्थित लोथर बजारमा एमालेका उम्मेदवारहरुले मतदातालाई भोट दिन अपिल गरेका हुन् । गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित वडाका उम्मेदवारहरुलाई मत माग्न लोथरमा घरदैलो गरिएको एमाले मनहरी गाउँपालिका कमिटीले जनाएको...
एमालेद्वारा हेटौंडा ८ किरण चोकमा सम्पर्क कार्यलय स्थापना
मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचनमा प्रचार प्रसारको काम गर्ने गरि नेकपा एमालेले हेटौंडा ८ किरण चोक फारलाईनमा सम्पर्क कार्यलय खोलेको छ । पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थीतिमा निर्वाचन प्रचार प्रसार कार्यलय स्थापना गरिएको वडा अध्यक्षका उम्मेदवार बोलबहादुर कार्कीले जानकारी दिए । उत्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि दर्जनौ...
शैक्षिक क्षेत्रको विकासमा उल्लेख्य काम गर्छौं : एमाले उम्मेदवार
मकवानपुर । नेकपा एमालेको तर्फबाट हेटौंडा उपमहानगरपालिकाको मेयरका उम्मेदवार अनन्त पौडेल र उपमेयरकी उम्मेदवार सुमित्रा काफ्लेले आफुहरु निर्वाचित भएको खण्डमा हेटौंडाको शिक्षा क्षेत्रको विकासमा उल्लेख्य काम गर्ने बताएका छन्। विहिवार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) ले आयोजना गरेको ‘विद्यार्थीसँग मेयर र उपमेयरका उम्मेदवार’ अन्तरक्रिया कार्यक्रममा विद्यार्थीहरुको प्रश्नको जवाफ...
मकवानपुरमा गठबन्धनको तालमेलमा ‘जालझेल’
मकवानपुर । स्थानीय तहको निर्वाचनका लागि सत्तारुढ पाँच दलीय गठबन्धन भएपनि गठबन्धनको तालमेलमा जालझेल देखिएको छ । प्रदेश तहबाट गठबन्धन टुंगो लगाएपनि स्थानीय तहमा दलहरुको सहमति अनुसार उम्मेदवारी दर्ता नुहँदा तालमेलमा जालझेल देखिएको हो । मकवानपुरको १० वटै स्थानीय तहमा गठबन्धन भएपनि पाँच स्थानीय तहको प्रमुख र उपप्रमुख दुबैमा...
विद्यार्थीका कुरा सुन्दै एमालेका हेटौंडाको मेयर र उपमेयर उम्मेदवार
मकवानपुर । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा एमालेबाट हेटौंडाका मेयर र उपमेयरका उम्मेदवार अनन्त पौडेल र समित्रा काफ्लेले विद्यार्थीका कुरा सुन्ने भएका छन् । निर्वाचनमा विजय प्रश्चात हेटौंडा उपमहानगरपालिकालाई कस्तो बनाउने भन्ने योजनाको खोजीमा पौडेल र काफ्लेले विद्यार्थीसँग साक्षात्कार गर्न लागेका हुन् । एमाले मकवानपुरका पुराना नेता...
जनताले महसुस गर्न सक्ने सरकारलाई अपबित्र बनाउने प्रयास भयो– पौडेल
मकवानपुर । स्थानीय तहको निर्वाचनमा ५ दलको गठबन्धनले स्थानीय सरकारलाई अपबित्र बनाउने प्रयास भइरहेको नेकपा एमालेको तर्फबाट हेटौंडा उपमहानगरपालिकाका मेयर उम्मेदवार अनन्त पौडेलले बताएका छन् । हेटौंडा–६ स्थित हात्तीलेट र हेटौंडा–११ स्थित सिमलटारमा भएको नेकपा एमालेको टोलभेलामा सहभागी हुने क्रममा स्थानीय नागरिकहरुसँग कुरा गर्दै उनले स्थानीय तहमा गठबन्धनले हित...
भोट माग्दै घर दैलोमा वडा अध्यक्षका उम्मेदवार कार्की
मकवानपुर । स्थानीय तहको निर्वाचन नजिकिए सँगै देश भर यति बेला चुनावी सरगर्मी बढेको छ । मकवानपुरको हेटौंडा पनि चुनावी माहोल तातेको छ । सोमबार उम्मेदवारी दर्ता गराएसँगै दलका नेता तथा कार्यकर्ताहरु जनताको घर दैलोमा जान थालिसकेका छन् । नेकपा एमालेबाट हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ का अध्यक्षको उम्मेदवार...
निजगढमा एमालेको विजयी सुरुवात
मकवानपुर । निजगढ नगरपालिकामा नेकपा एमालेको एकजना वडा महिला सदस्य निर्विरोध निर्वाचित भएकी छिन् । निजगढ – ३ मा एमालेको तर्फबाट वडा सदस्यको उम्मेदवार बुर्गान तामाङ निर्विरोध निर्वाचित भएको हो । सत्ता गठबन्धनको तर्फबाट वडा सदस्यको उम्मेदवार बनेकी देवकी गिरीको प्राविधिक कारणले उम्मेदवारी खारेज भएपछि एमालेकी तामाङ निर्विरोध निर्वाचित...










