निजगढमा एमालेको विजयी सुरुवात

अखबार हब
२०७९ बैशाख १४, बुधबार १४:३४

मकवानपुर । निजगढ नगरपालिकामा नेकपा एमालेको एकजना वडा महिला सदस्य निर्विरोध निर्वाचित भएकी छिन् ।

निजगढ – ३ मा एमालेको तर्फबाट वडा सदस्यको उम्मेदवार बुर्गान तामाङ निर्विरोध निर्वाचित भएको हो ।

सत्ता गठबन्धनको तर्फबाट वडा सदस्यको उम्मेदवार बनेकी देवकी गिरीको प्राविधिक कारणले उम्मेदवारी खारेज भएपछि एमालेकी तामाङ निर्विरोध निर्वाचित भएकी हो । गिरीले अर्काे उम्मेदवारको मनोनयन पत्रमा प्रस्तावक बनेर हस्ताक्षर गरेको भेटिएपछि उम्मेदवारी खारेज भएको निर्वाचन कार्यालयले जनाएको छ । योसँगै स्थानीय तह निर्वाचनमा बारामा नेकपा एमालले निजगढबाट खाता खोलेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*