अन्ततः श्रीधरको रोजाइमा एमाले

अखबार हब
२०७९ बैशाख १५, बिहीबार २३:२२

मकवानपुर । नेकपा (एकीकृत समाजवादी) छाडेको भोलि पल्टै श्रीधर पोखरेल नेकपा एमालेमा फर्किएका छन् । बिहीबार काठमाडौंमा भएको एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हातबाट टिका लगाएर पोखरेल एमाले प्रवेश गरेका हुन् ।

नेकपा (एकीकृत समाजवादी) मकवानपुर जिल्ला अध्यक्ष रहेका पोखरेलले बुधबार हेटौंडामा पत्रकार सम्मेलन गरेर पार्टी परित्याग गरेको घोषणा गरेका थिए । पार्टीमा व्यक्तिवाद हावी हुँदै गएको, सीमित व्यक्तिको स्वार्थ पूरा गर्ने प्राइभेट कम्पनि जस्तै भएको भन्दै पार्टी छाडेको घोषणा गरेका पोखरेल भोलि पल्टै एमाले प्रवेश गरेका हुन् ।

बिहीबार नै काठमाडौं पुगेर पोखरेलसँगै नेकपा (एकीकृत समाजवादी) मकवानपुर जिल्ला कमिटी सचिवालय सदस्यहरु उत्तम शर्मा न्यौपाने, देवेन्द्रप्रसाद कोइराला पनि नेकपा एमाले प्रवेश गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*