लोथर बजारमा एमालेको घरदैलो

अखबार हब
२०७९ बैशाख १५, बिहीबार १७:२४

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा नेकपा एमालेका उम्मेदवारले चुनावप्रचार प्रसार अभियानलाई तीव्रता दिएका छन् । आज बिहीबार मनहरी गाउँपालिका वडा नं ६ स्थित लोथर बजारमा एमालेका उम्मेदवारहरुले मतदातालाई भोट दिन अपिल गरेका हुन् ।

गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित वडाका उम्मेदवारहरुलाई मत माग्न लोथरमा घरदैलो गरिएको एमाले मनहरी गाउँपालिका कमिटीले जनाएको छ ।

घरदैलो अभियानमा गाउँपालिका अध्यक्ष उम्मेदवार एकराज उप्रेती, पार्टी गाउँपालिका कमिटीका अध्यक्ष नवीन सुवेदी, इञ्चार्ज हेमलाल उप्रेती, राष्ट्रिय युवा संघ नेपाल मकवानपुरका सचिवालय सदस्य ठाकुर घिसिङ, वडाध्यक्ष उम्मेदवार गोपिलाल मोक्तान, वडासदस्यका उम्मेदवारहरु राममाया प्रजा, कमला सुनार, बमसिंह ग्लान र कलम राई लगायतको उपस्थिति थियो ।

लोथरस्थित एमालेको टोल कमिटीसँगको समन्वयमा घरदैलो सम्पन्न गरिएको गाउँपालिका अध्यक्षका उम्मेदवार एकराज उप्रेतीले जानकारी दिए ।
उप्रेतीले केही दिन अघि देखि चुनावी प्रचारप्रसार सुरु गरेका हुन् । प्रचारप्रसार अभियानकै क्रममा हिजो वुधबार मनहरी–३ हाडिखोला मा निर्वाचन सम्पर्क कार्यालय उद्घाटन गरिएको थियो।

यसमा तपाइको मत

Your email address will not be published.


*