समाज/राजनीति

चुनावी आमसभालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली हेटौंडा आउदैं

मकवानपुर । आसन्न स्थानीय चुनावी सभालाई सम्बोधन गर्ने नेपाल कम्युनिस्ट पार्टी एमाले अध्यक्ष केपी शर्मा ओली भोली आइतबार हेटौंडा आउने भएका छन् । नेकपा (एमाले)ले हेटौंडा उपमहानगरपालिकामा आयोजना गर्न लागेको चुनावी सभालाई सम्बोधन गर्न उनी हेटौंडा आउन लागेका हुन् । १८ बैशाखमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका –४ स्थित हुप्राचौर परिसरमा...

इन्द्रसरोवरमा सत्ता गठबन्धनको आ–आफ्नै उम्मेदवार

मकवानपुर । सत्ता गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)को भागमा परेको मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा गठबन्धनका दलहरुले आ–आफ्नो उम्मेदवार खडा गरेको छ । गठबन्धनको सहमति अनुसार इन्द्रसरोवरको अध्यक्ष नेकपा (एकीकृत समाजवादी)को भागमा परेको भएता पनि सहमति टोड्दै गठबन्धनका दलहरुले आ–आफ्नै उम्मेदवार उठाएको हो । निर्वाचन अधिकृतको कार्यलय इन्द्रसरोवरले आज जारी गरेको...

शंकर न्यौपानेले लिए मनहरी अध्यक्षको उम्मेदवारी फिर्ता

मकवानपुर । नेपाली कांग्रेस (वीपी) पार्टीबाट मनहरी गाउँपालिका उम्मेदवार बनेको शंकर न्यौपानेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । नेपाली कांग्रेसले टिकट वितरणमा विभेद गरेकोभन्दै उनले उम्मेदवारी दिएका थिए । कांग्रेस जिल्ला अध्यक्ष बुद्ध लामा र प्रवक्ता अर्जुन चौलागाईंले मनहरी नै पुगेर उनको उम्मेदवारी फिर्ताका लागि पहल गरेका थिए ।...

काँग्रेसको जिल्ला सदस्य पाएपछि रविन्द्रले लिए उम्मेदवारी फिर्ता

मकवानपुर । नेपाली काँग्रेस मकवानपुरको जिल्ला सदस्य पाएपछि हेटौंडाका रविन्द्र घिमिरेले आसन्न स्थानीय निर्वाचनमा उम्मेदवारी फिर्ता लिएका छन् । काँग्रेसबाट वडाध्यक्षको टिकट प्राप्त गरेर पनि दर्ता गर्न नपाएपछि हेटौंडा २ को वडा अध्यक्ष लागि स्वतन्त्रबाट उम्मेदवारी दिएका घिमिरेलाई काँगे्रस मकवानपरले जिल्ला सदस्यमा मनोनित गरेसँगै उम्मेदवारी फिर्ता लिएका हन् ।...

बिदुर हुमागाईंले भने, ‘मकवानपुरगढीमा विकास भएन भनेर विपक्षलेपनि बोल्न सकेनन्’

मकवानपुर । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा मकवानपुरगढी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार बिदुर हुमागाईंले बितेको पाँच वर्षमा भएका विकासका विषयमा विपक्षहरुले पनि प्रश्न उठाउन नसकेको बताएका छन् । २०७४ मा निर्वाचन जितेर पाँच वर्षीय कार्यकाल चलाएका हुमागाईंले समाजिक, आर्थिक र भौतिक क्षेत्रमा भएका विकासका सम्बन्धमा विपक्षहरुले पनि...

मकवानपुरगढीमा विकास गर्ने पार्टी भनेकै एमाले भन्ने स्थापित छ : बिदुर हुमागाईं

मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्ष पदका उम्मेदवार बिदुर हुमागाईंले मकवानपुरगढीमा विकास गर्ने पार्टी भनेकै एमाले भन्ने भावना स्थापित भएको बताएका छन् । नेपाल खेलकुद महासघ मकवानपुरगढि गाउँ पालिकाद्वारा आयोजित प्रथम भेलालाई सम्बोधन उनले एमालेले जनताका आधारभूत आवश्यकता पूरा गर्न र गाउँपालिकाको सबै खाले विकासका निम्ति काम...

हेटौंडा ७ मा एमालेको चुनाव प्रचार प्रसार कार्यलय

मकवानपुर । नेकपा एमालेले हेटौंडा–७ शान्तिटोलमा चुनाव प्रचार प्रसार कार्यालय स्थापना गरेको छ । स्थानीय तहको निर्वाचनमा पार्टीको चुनावी प्रचार प्रसार गर्न नेकपा एमाले हेटौंडा–७ नम्बर कमिटीले प्रचार प्रसारको कार्यलय स्थापना गरेको हो । उत्त कार्यलयको नेकपा एमाले केन्द्रिय सदस्य एवं मकवानपुर ईन्चार्ज रामेश्वर रानाले उदघाटन गर्दै नेकपा एमालेले...

‘बागी’लाई कांग्रेसको चेतावनी : साँझसम्म उम्मेदवारी फिर्ता नलिए पार्टीबाट स्वतः निस्कासन

काठमाडौं । नेपाली कांग्रेसले शुक्रबार अपराह्न ५ बजेसम्म उम्मेदवारी फिर्ता लिई गठबन्धनका आधिकारिक उम्मेवारलाई जिताउन बागी उम्मेदवारसँग आग्रह गरेको छ। स्थानीय तहको चुनावमा गठबन्धनको आधिकारिक उम्मेदवारविरुद्ध दर्ता गरेको उम्मेदवारी फिर्ता लिन विद्रोही उम्मेदवारलाई काँग्रेसले आग्रह गरेको हो। कांग्रेसद्वारा जारी प्रेस विज्ञप्तिमा अपराह्नसम्म उम्मेदवारी फिर्ता नलिए विद्रोही उम्मेदवार, उनको प्रस्तावक...

सिन्धुपाल्चोकको सुनकोशीमा एमाले र माओवादी केन्द्रबीच तालमेल

आसन्न निर्वाचनमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल हुने भएको छ । केन्द्रीय स्तरमा बनेको सत्तारुढ गठबन्धनको विपक्षमा गएर सुनकोशी गाउँपालिकामा माओवादी केन्द्रले एमालेसँग तालमेल गर्ने निर्णय गरेको हो । आगामी वैशाख ३० गते हुने निर्वाचनमा सुनकोशीको अध्यक्ष एमाले र उपाध्यक्ष माओवादी केन्द्रले लिने गरी...

एमाले प्रवेश लगत्तै चुनावी प्रचारमा श्रीधर

मकवानपुर । नेकपा एमाले प्रवेश गरे लगतै श्रीधर पोखरेल नेकपा एमालेको चुनावी प्रचार प्रसारमा सहभागि भएका छन् । नेकपा (एकीकृत समाजवादी) मकवानपुरको अध्यक्ष पदसहित पार्टी परित्याग गरि एमाले प्रवेश गरेका पोखरेल शुक्रबार हेटौंडा–५ मा भएको नेकपा एमालेको प्रचार कार्यक्रममा सहभागी भएका हुन् । हेटौंडा–५ मा भएको घरदैलो कार्यक्रममा नेकपा...