समाज/राजनीति
भ्रष्टाचारका आरोपी रेक्टरलाई कामु उपकुलपति बनाउने बागमती सरकारको तयारी
मकवनपुर। गलत प्रतिबेदन पेश गरी भ्रष्टाचार गरेको मुद्दाका आरोपित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर सतिस कुमार देबलाई बागमती प्रदेश सरकारले कायम मुकायम उपकुलपति बनाउने तयारी गरेको छ । उनले बिशेष अदालत काठमाडौँबाट भ्रटाचार मुद्दामा सफाई पाएउपर सर्बोच्च अदालतले पुनराबेदन मार्फत देब सहितका प्रतिबादीहरुलाई सफाइ दिएको फैसला फरक पर्नेभनी...
समृद्ध हरिवन निर्माण गर्न मेरो उम्मेदवारी : बुढाथोकी
मकवानपुर । आसन्न निर्वाचनमा सर्लाहीको हरिवन नगरपालिकाको मेयर पदमा माओवादी केन्द्रबाट कमल बुढाथोकीको उम्मेदवारी परेको छ । निष्ठाको राजनीति गर्ने व्यक्तिको क्षबि बनाएका बुढाथोकी सर्लाहीका पुराना कम्युनिष्ट नेता मध्यका एक हुन् । लामो समय समाजमा भएका अन्याय अत्याचारविरुद्ध लागेका बुढाथोकी एक असल र लोकप्रिय नेता हुन् । बुढाथोकी २०३६...
समग्र थाहा नगरको विकासको निम्ती गठबन्धनका उम्मेदवारलाई विजयी गराऔं : विष्णु विष्ट
मकवानपुर । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि थाहा नगरपालिकाका मेयर पदका उम्मेदवार विष्णु विष्ट ‘आदर्श’ले थाहा नगरको सबै भुगोलसँग परिचित भएको बताउनुभयो । मेयरका उम्मेदवार विष्टले आफु नगरका सबै नागरिकको सुखदुःखमा सधै सँगै भएकोले थाहा नगरका सबै मतदाताले आफुलाई मतदान गरी विजयी बनाउनेमा विश्वस्त रहेको...
५ तस्वीरमा वडा अध्यक्षका उम्मेदवार कार्कीको घर दैलो अभियान
मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचन नजिकिएसँगै वडा अध्यक्षका उम्मेदवार बोलबहादुर कार्कीले आफ्नो घर दैलो अभियानलाई निरन्तरता दिएका छन् । कार्की हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ का नेकपा एमाले तर्फका उम्मेदवार हुन् । युवा उम्मेदवार कार्की एक बौद्धिक नेताका रुपमा मकवानपुरमा परिचित छन् । तस्वीर
मनहरी–५ मा एमालेको घरदैलो
मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाउँपालिकामा एमालेका उम्मेदवारले पनि आफ्नो चुनावी प्रचारप्रसारलाई तीब्रता दिएका छन् । गाउँपालिका अध्यक्षका उम्मेदवार एकराज उप्रेती, उपाध्यक्षका उम्मेदवार सुजिता थिङ मनहरीका वडा वडामा घरदैलो गरिरहेका छन् । सोमबार (आज) उम्मेदवारहरुले मनहरी गाउँपालिका वडा नं ५ मा घरदैलो सम्पन्न गरेका छन् । अध्यक्ष उम्मेदवार उप्रेती,...
आचारसंहिता विपरीत हेटौंडा उपमहानगरपालिकाको कर्मचारी गठबन्धनको चुनावी प्रचारमा
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको कर्मचारी आचारसंहिता विपरीत चुनावी प्रचारमा सक्रिय भएका छन् । हेटौंडा उपमहानगरपालिकाको अधिकृत हिमप्रसाद पौडेल निर्वाचन आचारसंहिता विपरीत हेटौंडा ११ मा भएको गठबन्धनको चुनावी प्रचारमा सक्रिय भएका हुन् । आचारंसहिता अनुसार सरकारी कर्मचारीलाई दलका चुनावी गतिविधिमा सहभागी हुन रोक लगाएको छ । यस्ता कर्मचारी भोलि मतदान...
हेटौंडालाई व्यवस्थित शहर बनाउँछौं : लामा
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मेयरकी उम्मेदवार मीना लामाले हेटौंडालाई व्यवस्थित शहरको रुपमा विकास गर्ने प्रतिबद्धत जनाएकी छन् । हेटौंडा–११ स्थित नवलपुरमा सत्तारुढ गठबन्धनको सम्पर्क कार्यालय स्थापना गर्दै लामाले वाग्मती प्रदेशको राजधानी रहेको हेटौंडालाई थप व्यवस्थित शहरको रुपमा विकास गर्ने आफ्नो लक्ष्य रहेको बताएकी हुन् । ‘हामी विजय भएपश्चात् सातवटै...
राप्रपाले यो चुनावबाट ठूला दललाई ठक्कर दिन्छः राजेन्द्र लिङ्देन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तह चुनावमा ठूला दललाई राप्रपाले ठक्कर दिने बताएका छन्। उनले जनताको मन बदलिएको दाबी गर्दै चुनावमा टक्करभन्दा पनि ठक्कर दिइने बताए। झापाको कचनकवल घेराबारीम भएको सभालाई सम्बोधन गर्दै उनले राप्रपालाई कमजोर शक्तिका रूपमा नलिन आग्रह गरेका थिए। उनले...
मन्त्री मोक्तानद्वारा लगातार निर्वाचन आचारसंहिता उल्लङ्घन, प्रशासन मौन
मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचनमा दलहरुकै सहमतिमा तोकिएको निर्वाचन आचारसंहिताको लगातार उल्लङ्घन हुदा मकवानपुरको प्रशासन मौन रहेको छ । बागमती प्रदेशको बहालवाला सामाजिक विकास मन्त्री कुमारी मोक्तान दैनिक रुपमा चुनावि प्रचारमा रहदा प्रशासन मौन रहेको हो । विगत केही दिनदेखि मन्त्री मोक्तान निर्वाचन आचारसंहिता विरुद्ध चुनावी प्रचारप्रसारमा सहभागी...
राप्रपाका प्रभावशाली नेता एमाले प्रवेश गरेसँगै मकवानपुरगढीमा हलचल
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता खिलप्रसाद चौलागाइैं नेकपा एमाले प्रवेश गरेसँगै मकवानपुरगढीमा हलचल मच्यिएको छ । गत निर्वाचनमा राप्रपा पार्टीबाट गाउँपालिका अध्यक्षको उम्मेदवार रही ९ सय ५० मत ल्याएका चौलागाईं आज नेकपा एमाले प्रवेश गरेका छन् । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको संघारमा राप्रपा मकवानपुरको वरिष्ठ...










