समग्र थाहा नगरको विकासको निम्ती गठबन्धनका उम्मेदवारलाई विजयी गराऔं : विष्णु विष्ट
मकवानपुर । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि थाहा नगरपालिकाका मेयर पदका उम्मेदवार विष्णु विष्ट ‘आदर्श’ले थाहा नगरको सबै भुगोलसँग परिचित भएको बताउनुभयो ।
मेयरका उम्मेदवार विष्टले आफु नगरका सबै नागरिकको सुखदुःखमा सधै सँगै भएकोले थाहा नगरका सबै मतदाताले आफुलाई मतदान गरी विजयी बनाउनेमा विश्वस्त रहेको बताउनुभयो ।
निर्वाचनको मिति नजिकिदै गर्दा उम्मेदवार विष्टले मतदाताहरुसंगको भेटघाट र अन्तरक्रिया कार्यक्रमका क्रममा नगरको समग्र विकासको लागि गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन अनुरोध गर्नुभयो ।
यसैगरि सोमबार थाहा ७ को बिभिन्न स्थानमा भएको अन्तरक्रिया कार्यक्रम तथा मतदाता भेटघाट कार्यक्रममा पार्टीको निति, योजना र कार्यक्रमको बारेमा समेत जानकारी दिईएको थियो ।
सत्ता गठबन्धनका तर्फबाट नगरप्रमुखका उम्मेदवार विष्ट नेकपा माओवादी केन्द्रका बागमति प्रदेश सचिवालय सदस्य तथा थाहा नगर इन्चार्ज हुनुहुन्छ ।
गथबन्धनकै तर्फबाट नेपाली काङ्ग्रेसका भरत गोपाली नगर उपप्रमुख (उपमेयर) पदमा उम्मेदवार हुनुहुन्छ ।
चुनावी अभियान तथा घरदैलो कार्यक्रममा नेकपा माओवादीकेन्द्रका केन्द्रिय सदस्य तथा थाहा नगर निर्वाचन कमाण्डका संयोजक सन्तोष विष्ट, निवर्तमान नगर अध्यक्ष अरुण रायमाझी लगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।







