राप्रपाले यो चुनावबाट ठूला दललाई ठक्कर दिन्छः राजेन्द्र लिङ्देन

अखबार हब
२०७९ बैशाख १९, सोमबार १०:००

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तह चुनावमा ठूला दललाई राप्रपाले ठक्कर दिने बताएका छन्। उनले जनताको मन बदलिएको दाबी गर्दै चुनावमा टक्करभन्दा पनि ठक्कर दिइने बताए।

झापाको कचनकवल घेराबारीम भएको सभालाई सम्बोधन गर्दै उनले राप्रपालाई कमजोर शक्तिका रूपमा नलिन आग्रह गरेका थिए। उनले जनताको भोटबाट ठूला दललाई ठक्कर दिइने बताए।

उनले राजनीतिलाई पेशाभन्दा पनि सेवाका रूपमा अघि लैजानुपर्ने बताए। राजनीति सत्ताका लागि भन्दा पनि देश बनाउनका लागि गरिनुपर्ने उनको भनाइ थियो।

उनले भ्रष्टाचार गर्नेलाई राप्रपाले ठाउँ नदिने बताए। जनप्रतिनिधिले भ्रष्टाचार गरेको पाइएमा पार्टीले कारबाही गर्ने उनको चेतावनी छ। कचनकवलमा ०७४ मा राप्रपाले अध्यक्ष जितेको थियो । अहिले पनि उम्मेदवार अञ्जार आलम छन्।

यसमा तपाइको मत

Your email address will not be published.


*