समाज/राजनीति

मकवानपुरगढीमा एमालेको प्रतिबद्धता : भूमिहीनलाई जग्गा र लालपूर्जा, मिर्गौला प्रत्यारोपण गर्न २ लाख

मकवानपुर । मकवानपुरगढी गाउँपालिकामा स्थानीय तहको निर्वाचन छपक्कै लागेको छ । गाउँपालिकाकै ठूलो दल नेकपा एमाले र सत्ता साझेदार पाँच दलीय गठबन्धनसहित राप्रपा मैदानमा छ । गाउँपालिकामा नेकपा एमाले र गठबन्धनका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिन्छ । सिंगो एउटै एमालेसँग गठबन्धनका पाँच दल मिलेर निर्वाचनमा छन् । गाउँपालिकाकै बलशाली एमालेलाई...

भरतपुरका बागी उम्मेदवार जगन्नाथ पौडेललाई भेट्दै प्रधानमन्त्री देउवा

काठमाडौं। माओवादी अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेनु दाहाललाई मेयरमा ‘जसरी पनि’ जिताउने उद्देश्यले चितवनको भरतपुर पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले बागी उम्मेदवार जगन्नाथ पौडेललाई भेट्दैछन्। केही बेरमा उनको निवास पुगेर पौडेललाई भेट्ने कार्यक्रम रहेको जनाइएको छ। भेटमा देउवाले उम्मेदवारी निष्क्रिय बनाउन आग्रह गर्ने उनको सचिवालयले जनाएको छ। सिङ्गो कांग्रेसलाई गठबन्धनको...

कसैलाई खोट लाउने ठाउँ दिइँन – प्रथम मुख्यमन्त्री पौडेल

मकवानपुर । बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेलले आफू सरकारमा हुँदा गरेका कामहरुमा कसैले पनि खोट लगाउने ठाउँ नदिएको बताउनुभएको छ । प्रदेशको मुख्यमन्त्री रहँदा र त्यसअघि हेटौंडाको मेयरको रुपमा काम गर्दा कसैलाई पनि नराम्रो हुनेगरी काम नगरेको उहाँले बताउनुभयो । बुधबार नेकपा एमालेले हेटौंडा १० मा गरेको बृहत...

गफ हैन काम गरेर जनताको मन जित्छु : मेयर उम्मेदवार पौडेल

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार अनन्त पौडेलले ठुला ठुला गफ गरेर नभई जनताको बिचमा काम गरेर जनताको मन जित्नुपर्ने बताउनुभएको छ । हेटौंडा–१५ मा भएको चुनावी सभालाई सम्बोधन गर्नुहुँदै उहाँले हेटौंडा–१५ मा २०७४ सालमा एमाले पराजित भएपनि जनताको बिचका रहेर काम गरेका सुनिल मोक्तानलाई नै एमालेले वडा...

राजनीतिक प्रतिशोधको कारण एमाले लिखुका उम्मेदवारलाई फसाउन खोजियो

ओखलढुंगा । नेकपा एमालेले ओखलढुंगाको लिखु गाउँपालिका अध्यक्षका उम्मेदवार मिलन विष्टमाथि राजनीतिक प्रतिशोध र सत्ताको दुरुपयोग गर्दै झूटा मुद्दा लगाउन खोजिएको भन्दै आपत्ति जनाएको छ । एमाले लिखु गाउँपालिका कमिटी अध्यक्ष रामकुमार आछामी थापा मगर र सचिव रेमश विष्टले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै झूटा मुद्दा लगाएर मतदातामाथि त्रास...

थाहामा माओवादी केन्द्रको प्रतिबद्धता पत्र सार्वजनिक

मकवानपुर । नेकपा माओवादी केन्द्र थाहा नगर कमिटिले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै नगरको विकासका लागि गर्ने कार्यहरुसहितको प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो । २०७४ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार लवशेर बिष्ट मेयर पदमा निर्वाचित भएसँगै नगरको विकासमा उल्लेख्य कार्य...

लोसपाका हेटौंडा ८ नम्बर अध्यक्षका उम्मेदवार एमाले प्रवेश

मकवानपुर । लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट हेटौंडा–८ को अध्यक्षका उम्मेदवार बनेका ज्योती रोक्का नेकपा(एमाले) प्रवेश गरेका छन् । बुधबार एक कार्यक्रमका बिच लोसपाबाट हेटौंडा ८ अध्यक्षको उम्मेदवार बनेका रोक्कासहित कञ्चन न्यौपाने, लक्ष्मि रोक्का एमाले प्रवेश गरेका हुन् । त्यस्तै माओवादी केन्द्रका राजु प्याकुरेल र टेकबहादुर विक एमाले प्रवेश गरेका...

वडाबासीको घरदैलोमा शिवप्रसाद

मकवानपुर । नेपाली कांग्रेसको तर्फबाट मनहरी गाउँपालिका–१ का उम्मेदवार शिवप्रसाद खनाल घरदैलोमा व्यस्त हुन थालेका छन् । स्थानीय तहको चुनावी मिति नजिकिँदै जाँदा उनी जनताको घरदैलोमा पुनः पाँचवर्षका लागि निर्वाचित गरिदिन आग्रह गर्दै अभियान सञ्चालन गरिरहेका छन् । उनले आफ्नो पक्षमा माहौला सिर्जना भएको र कार्यकर्ता उत्साहित पनि भएका...

निर्वाचनको मुखमा एमालेको नाम जोडेर कांग्रेसले भ्रम फैलायोः बानियाँ

मकवानपुर । नेकपा एमालेबाट हेटौंडा उपमहानगरपालिका वडा नंबर १८ का वडा अध्यक्ष उम्मेदवार अनिल बानियाँले मुखमा एमालेको नाम जोडेर कांग्रेस कार्यकर्ताहरुले भ्रामक गलत प्रचार गरेको बताएका छन् । निर्वाचन आचारसंहिता विपरित हेटौंडा १८ को लालभित्ते, सुकौरा, घट्टे खोला क्षेत्रमा जस्तापाता वितरण गर्न लागेको आरोप लागेपछि वडा अध्यक्षका उम्मेदवार बानियाँले...

निजगढ काँग्रेस : गठबन्धनको सहमति विपरीत चुनावी प्रचारमा

मकवानपुर । बाराको निजगढमा माओवादी केन्द्रसँग भएको सहमति विपरीत नेपाली काँग्रेस चुनावी प्रचारमा लागेको छ । काँग्रेस र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार निजगढ नगरपालिका वडा नम्बर ७ माओवादीको भागमा परेको थियो । तर, काँग्रेसका बागी उम्मेदवारले (रुख) चिन्ह पाएपछि अहिले दुबै पार्टी छुट्टाछुट्टै पर्चा बनाएर प्रचारप्रसारमा लागेका छन् ।...