समाज/राजनीति

हेटौंडामा समाजवादीका मेयर पदको उम्मेदवार एमाले प्रवेश

मकवानपुर । बैशाख ३० गते अर्थात ३ दिन पछि हुन गइरहेको स्थानीय तहको निर्वाचनमा नेकपा समाजवादीबाट हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका रोमनाथ भुर्तेल नेकपा एमाले प्रवेश गरेका छन् । मंगलबार नेकपा एमाले हेटौंडा ४ ले आयोजना गरेको अन्तिम चुनावी सभामार्फत् मेयरका उम्मेदवार भुर्तेल नेकपा एमाले प्रवेश गरेका हुन्...

धुलिखेल १२ नम्बर वडामा एमालेको शक्तिप्रदर्शन !

काभ्रे । नेकपा (एमाले)ले धुलिखेल नगरपालिका वडा नम्बर १२ मा सोमबार मतदाताको घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । आसन्न स्थानीय तहको निर्वाचनका उम्मेदवारहरूको संयुक्त घरदैलो तथा र्‍याली कार्यक्रम नगरको विभिन्न टोलहरूमा परिक्रमापश्चात् सम्पन्न भएको हो । नगरको वडा नम्बर १२ का विभिन्न गाउँ तथा टोलहरूमा मेयरका उम्मेदवार अशोककुमार ब्याञ्जु...

पालिकामा खुम्चिएको अधिकार अब वडामै : कालाखेती

मकवानपुर । मनहरी गाउँपालिकाको बैशाख ३० गते हुने निर्वाचनमा गठबन्धन तर्फबाट अध्यक्षको उम्मेदवारी दिएका रञ्जन कालाखेतीले स्थानीय तहलाई संविधानले दिएको अधिकार गाउँपालिकामा खुम्चिएको बताएका छन् । सोमबार मनहरी–५ मा भएको गठबन्धनको अन्तिम घरदैलो कार्यक्रम तथा कोण सभामा बोल्दै कालाखेतीले संविधानले दिएको अधिकारको पूर्ण पालना गर्दै सामान्य कामको लागिसमेत गाउँपालिका...

एमालेलाई जिताए भरतपुरको विकास पाँच गियरमा कुदाउछौँ–ओली

चितवन। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेले जिते भरतपुरको विकासको गति पाँच गियरमा कुदाउने बताएका छन्। एमाले चितवनले आज यहाँ आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार विजय सुवेदीले जिते विकासको जिम्मा लिने पनि बताए। सुवेदीको पार्टीको माथिल्लो नेतृत्वसँग हटलाइन सम्बन्ध भएको भन्दै...

प्रतिस्पर्धीले मेरो बारेमा भ्रम फैलाए – तिवारी

मकवानपुर । आसन्न निर्वाचनमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा नेपाली काँग्रेसबाट वडा अध्यक्षको उम्मेदवारी दिएका अर्जुन तिवारीले प्रतिस्पर्धीहरूले आफ्नो बारेमा भ्रम फैलाएको भन्दै आपत्ति जनाएका छन् । समाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘मेरो बारेमा वडाका मतदाताहरूमाझ फैलाइएको हल्लामा कुनै सत्यता छैन, त्यस्ता हल्लाको पछि नलाग्न वडाका मतदातालाई आग्रह...

मनहरीमा गठबन्धनको चुनाव लक्षित घरदैलो अभियान

मकवानपुर । स्थानीय तहको निर्वाचन नजिकिएसँगै गठबन्धनका उम्मेदवारहरुले आफ्नो चुनावी प्रचारलाई तीब्रता दिएको छ । चुनावी प्रचारप्रसारको क्रममा आज मकवानपुरको मनहरी गाउँपालिकाको गठबन्धनका उम्मेदवारहरुले मनहरी २ मा आज चुनावी घरदैलो तथा कोण सभा गरेको छ । कोण सभामा बोल्दै गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार बनेका रञ्जन कालाखेतीले अध्यक्षमा निर्वाचित...

तर्साएर मत माग्न पाइन्न : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन स्वच्छ र निष्पक्ष हुनुपर्ने बताएका छन् । पार्टी कार्यालयले आज आयोजना गरेको पत्रकारसम्मेलनमा निर्वाचन भयरहित वातावरणमा हुनुपर्नेमा जोड दिए । उनले मतदातालाई तर्साएर मतदान माग्न नपाइने बताए। ‘आफूलाई मतदान नगर्नेलाई देश दुर्घटनामा जान्छ...

निर्वाचन देश दुर्घटना हुनबाट रोक्ने अवसर हो : अध्यक्ष लिङ्देन

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले तीनै तहको निर्वाचन देशलाई दुर्घटनाबाट रोक्ने अवसरको रूपमा लिनुपर्ने बताएका छन् । अध्यक्ष लिङ्देनले आज हेटौँडामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले देशको आर्थिक अवस्था घुँडा टेक्ने अवस्थामा पुगेको बताउँदै तीन तहको निर्वाचन देशलाई दुर्घटनाबाट रोक्ने अवसरको रूपमा लिनुपर्ने बताए। उनले म...

मकवानपुरगढीमा पाँच वर्षभित्र अधुरा कामलाई पूर्णता दिने एमालेको प्रतिबद्धता

मकवानपुर । मकवानपुरगढीमा २०७४ सालमा स्थानीय तहको निर्वाचन पछि एमालेको सरकारद्वारा निर्माण भएका अधुरा योजनालाई पूर्णता दिइने एमालेले प्रतिबद्धता जाहेर गरेको छ । बितेको पाँच वर्षमा भएका अधुरा र बाँकी कामलाई पूर्णता दिन एमालेका उम्मेदवारलाई जिताउनु पर्ने नेताहरुले बताएका छन् । नेकपा एमालेबाट मकवानपुरगढी गाउँपालिकाका अध्यक्षका उमेदवार बिदुर हुमागाईले...

मनहरी १ मा गठबन्धनको बृहत चुनावी अभियान

मकवानपुर । स्थानीय तहको निर्वाचनमा मतदान गर्न ६ दिन बाँकी रहँदा मकवानपुरको मनहरी गाउँपालिकामा गठबन्धनका उम्मेदवारहरुले आफ्नो चुनावी प्रचारप्रसारलाई तीब्रता दिएका छन् । चुनाव प्रचारप्रसारको क्रममा शनिबार मनहरी १ को मकरी, चकरी, गोगनपानीलगायतको क्षेत्रमा घरदैलो तथा कोण सभा भएको हो । कोण सभामा बोल्दै गाउँपालिका अध्यक्षका प्रत्यासी रञ्जन कालाखेतीले...