समाज/राजनीति
सप्तरीको डाक्नेश्वरीमा निर्वाचन स्थगित, जेठ १ गते मतदान हुने
सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर २ स्थित एक मतदान केन्द्रमा स्थगित भएको निर्वाचन आगामी जेठ १ गते हुने भएको छ । डाक्नेश्वरी नगरपालिकाको वडा नम्बर २ स्थित हरिरबा जनता मावि मतदान स्थलमा केहि व्यक्तिको समूहले मतपेटिकाहरु तोडफोड गर्दै मतदान अधिकृतलाई कुटपिट गरेपछि निर्वाचन स्थगित भएको थियो ।...
मकवानपुरमा वर्षाले रोकिएको मतदान पुनः सुचारु
मकवानपुर । मकवानपुरको विभिन्न मतदान स्थलमा वर्षाका कारण मतदान प्रभावित भएको छ । वर्षाको कारण रोकिएको मतदान पुनः सुचारु भएको छ । हेटौंडाको अधिकांश मतदान स्थलमा वर्षाका कारण मतदान रोकिएको थियो । यस्तै, जिल्लाको इन्द्रसरोबर गाउँपालिका, मनहरी गाउँपालिकामा पनि वर्षाका कारण केहीबेर रोकिएको मतदान कार्य सुचारु भएको छ ।
मतसंकेत गरिसकेको मतपत्र सार्वजनिक गरेपछि बाबुरामलाई आयोगले सोध्यो स्पष्टीकरण
काठमाडौं । निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईलाई स्पष्टीकरण सोधेको छ । गोप्य हुनुपर्ने मतदान सार्वजनिक गरेको र प्रचार प्रसार गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो । शुक्रबार पालुङटार नगरपालिका–१ अन्नपूर्ण मावि मतदान केन्द्रबाट मतदान गरेका भट्टराईले मतसंकेत गरिसकेको मतपत्र नै फेसबुकमार्फत...
स्थानीय तह निर्वाचनको मतगणना आजै सुरु हुने
काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना आजैबाट सुरु हुने निर्वाचन आयोगले जनाएको छ । मतदान सकिएलगत्तै मुचुल्का उठाएर मतपेटिका मतगणनास्थलसम्म पुर्याउने र सर्वदलीय बैठकको निर्णयपछि आजैबाट गणना सुरु हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । निर्वाचन आयोगले आज बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदानको समय निर्धारण...
विप्लवले मतदान गर्न पाएनन्, किन ?
कपिलवस्तु। नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले मतदाता नामावलीमा नाम नभएपछि मतदान गर्नबाट बन्चित भएका छन्। कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ मा रहेको मतदान केन्द्रबाट मतदान गर्ने तयारी गरेका उनले मतदाता नामावलीमा नाम नभएपछि मतदान गर्न नपाएको विप्लवका स्वकीय सचिव असल क्षेत्रीले जानकारी दिए। माओवादीमा अलग भएपछि निर्वाचन बहिस्कार...
प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा मतदान
डडेल्धुरा। प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन्। कांग्रेस सभापतिसमेत रहेका देउवाले गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका हुन्। मतदानका लागि प्रधानमन्त्री देउवा शुक्रबार बिहानै धनगढीबाट डडेल्धुरा पुगेका थिए।
मकवानपुरमा नेता र उम्मेदवारहरुले गरे मतदान, कसले कहाँ गरे मतदान ?
मकवानपुर । मकवानपुरमा विभिन्न पार्टीका केन्द्रीय, प्रदेश स्तरका नेताहरुले मतदान गरेका छन् । धेरैजसो नेताहरुले हेटौंडाका विभिन्न मतदान केन्द्रहरुमा गएर मतदान गरेका छन् । यसैगरी विभिन्न दलमा आवद्ध उम्मेदवारहरुले पनि मतदान गरेका छन् । राप्रपा नेपाल अध्यक्ष तथा पूर्व गृहमन्त्री कमल थापाले मतदान गरेका छन्। स्थानीय तहको जनप्रतिनिधि चयन...
प्रलोभन र प्रभावमा नपर्न मतदातालाई निर्वाचन आयोगको आग्रह
काठमाडौं । निर्वाचन आयोगले शुक्रबार हुन गइरहेको स्थानीय तहको निर्वाचनमा कसैको पनि प्रलोभन र प्रभावमा नपर्न मतदातालाई आग्रह गरेको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ढुक्क भएर निर्वाचनमा सहभागी हुन मतदातालाई आग्रह गरेका हुन् । ‘कसैको पनि लोभ लालच, प्रलोभन र आश्वासनमा नपरी...
सिडिओ र प्रदेश प्रहरी प्रमुखलाई निर्वाचन आयोगको स्पष्टीकरण
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चितवन भ्रमणलाई लिएर निर्वाचन आयोगले बागमती प्रदेश प्रहरी प्रमुख‚चितवनका प्रमुख जिल्ला अधिकारी र एसपीलाई स्पष्टीकरण सोधेको छ । आयोगले चितवन भरतपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई स्पष्टीकरण सोधेको हो । बिहीबार आयोगले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल भरतपुर...
सुर्खेतमा रक्सी खाएर मतदान अधिकृत, म्यादी र गाउँलेलाई कुट्ने सई प्रहरी नियन्त्रणमा
सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिकामा निर्वाचनका लागि खटिएका एकजना प्रहरीले मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गरेका छन्। पञ्चपुरी नगरपालिका–७ धनबोटमा रहेको नेपाल राष्ट्रिय आवासीय विद्यालयको मतदान केन्द्रमा खटिएका वरिष्ठ सई (प्रहरी नायब निरीक्षक) नरेन्द्रप्रसाद भट्टले मतदान अधिकृत, सहायक मतदान अधिकृत र ड्युटीमा खटिएका म्यादी प्रहरीमाथि कुटपिट गरेका...










