समाज/राजनीति
मनहरी १ मा काँग्रेसका खनाल विजयी
मकवानपुर । मनहरी गाउँपालिका वडा नम्बर १ मा काँग्रेसका उम्मेदवार विजयी भएको छ । काँग्रेस तर्फको वडा अध्यक्षका उम्मेदवार शिवप्रसाद खनाल १०९३ मत प्राप्त गरी विजय भएका छन् । एमालेका उम्मेदवारले ३९३ मत प्राप्त गरेका छन् भने नेकपा (एकीकृत समाजवादी)का उम्मेदवारले जम्मा २३१ मत प्राप्त गरेको छ ।
भीमफेदी १ मा गठबन्धनका उम्मेदवार स्याङतान विजयी
मकवानपुर। भीमफेदी गाउँपालिका वडा नंबर १ मा पाँच दलीय गठवन्धनको तर्फबट नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवर विजयी भएका छन् । भर्खरै सम्पन्न भएको मतगणनाको परिणाम अनुसार वडाध्यक्ष उम्मेदवार सोमबहादुर स्याङतानले ९१० मत प्राप्त गर्दै विजयी बने । उनका प्रतिस्पर्धी एमालेकी पञ्चमाया स्याङतानले ६५५ ल्याएकी छिन् । वडा नंबर १ मा...
हेटौंडा २ मा दिपक सिंहको अग्रता
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाको मेयर तर्फको उम्मेदवार राप्रपाको दिपकबहादुर सिंहले अग्रता कायम गरेका छन् । उनको गृह वडामा २०० सय मत गन्दा सिंहले ९३ मत प्राप्त गरेका छन् । २ नंबर वडामा मिना लामाले ४४ मत तथा अनन्तप्रसाद पौडेलले ४१ मत प्राप्त गरेका छन् ।
इन्द्रसरोवर १ मा काँग्रेस विजयी (मतपरिणाम सहित)
मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ मा नेपाली काँग्रेस विजयी भएको छ । ७५३ मत प्राप्त गरि नेपाली काँग्रेका उम्मेदवार विजयी भएको हो । इन्द्रसरोवर गाउपालिका वडा नं. १ को मतगणना सकिँदा पालिका अध्यक्षमा नेपाली काँग्रेसले ७ सय ४४ मत प्राप्त गरी अग्रता कायम राखेको छ ।...
मकवानपुरको भीमफेदीमा माओवादीको अग्रता
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकामा गठबन्धनबाट उम्मेद्वार बनेका अध्यक्ष र उपाध्यक्षले अग्रता लिएका छन् । गाउँपालिका १ हजार ६ सय मत गन्दा गठबन्धनबाट उम्मेद्वार बनेका माओवादीका बद्रीबहादुर स्याङतानले ७ सय ७७ मत सहितअग्रता लिएका हुन् । यस्तै नेकपा एमालेका हिदम लामाले ६ सय ६४ मत सहित पछ्याइरहेका छन् ।...
इन्द्रसरोवरमा ८ हजार बढीले गरे मतदान
मकवानपुर । देशभर एकसाथ भएको स्थानीय तहको निर्वाचन सकिएको छ । शुक्रबार भएको निर्वाचनमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा ८ हजार ५ सय ८० मत खसेको छ । गाउँपालिकाको १ नम्बर वडमा ७ सय ७४ मत खसेका छन् भने २ मा २ हजर ६३ मत खसेका छन्। त्यसैगरी वडा नम्बर ३...
यमुनामाईमा मतपेटिका लुटियो
रौतहट । रौतहटको यमुनामाई गाउँपालिकामा मतपेटिका लुटपाट भएको छ । यमुनामाई गाउँपालिकाको वडा नम्बर १ को चिकना जेठरहिया ‘क’ मतदान स्थल र वडा नम्बर २ को एक मतदान स्थलबाट मतपेटिका लुटिएको हो । यमुनामाईमा जनता समाजवादी पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पटक–पटक झडप भएको थियो । तर...
मकवानपुरमा सकियो मतदान, मतपेटीका संकलन सुरु
मकवानपुर । मकवानपुर जिल्लाका दश वटै स्थानीय तहहरुमा मतदानको काम सकिएको छ । अपरान्ह ५ बजेपछी मतदानको काम सकिएको हो । मतदानको काम सकिए लगतै मतगणनाका लागि मतपेटीका संकलन गर्ने काम सुरु भएको छ । जिल्लाका बिकट गाउँमा रहेका मतदान केन्द्रबाट मतपेटीका संकलन हुनका लागि समय लाग्ने भएपनि दश...
मनहरी १ मा सकियो मतदान, ६८.३४ प्रतिशत मत खसे
मकवानपुर । मनहरी १ बालजीवन ज्योति माविको मतदान केन्द्रमा मतदान सकिएको छ। मनहरी गाउँपालिकाको वडा नम्बर १ स्थित श्री बालजीवन ज्योति माध्यमिक विद्यालय मकरी मतदान केन्द्रमा जम्मा मतदाता संख्या २६१६ रहेको स्थानमा (क) ,(ख),(ग) गरी ३ वटा बुथ राखियको थियो । जस्मा (क) बुथमा ५८३ मत खसेको छ ।...
वर्षा नरोकिएपछि सुर्खेतमा एक घण्टादेखि मतदान रोकियो
सुर्खेत । वर्षाका कारण सुर्खेतमा मतदान प्रभावित भएको छ । हावाहुरीसहित पानी परेपछि जिल्लाका अधिकांश स्थानको निर्वाचन प्रभावित भएको हो । सुर्खेतमा अहिले पनि हावाहुरीसँगै भारी वर्षा भइरहेको छ । जसले गर्दा जिल्लाका अधिकांश मतदान केन्द्रमा मतदान रोकिएको जिल्ला निर्वाचन कार्यालय सुर्खेतका प्रमुख दुर्गाप्रसाद चालिसेले जानकारी दिए । ‘केही...










