वर्षा नरोकिएपछि सुर्खेतमा एक घण्टादेखि मतदान रोकियो

अखबार हब
२०७९ बैशाख ३०, शुक्रबार १६:०१

सुर्खेत । वर्षाका कारण सुर्खेतमा मतदान प्रभावित भएको छ । हावाहुरीसहित पानी परेपछि जिल्लाका अधिकांश स्थानको निर्वाचन प्रभावित भएको हो ।

सुर्खेतमा अहिले पनि हावाहुरीसँगै भारी वर्षा भइरहेको छ । जसले गर्दा जिल्लाका अधिकांश मतदान केन्द्रमा मतदान रोकिएको जिल्ला निर्वाचन कार्यालय सुर्खेतका प्रमुख दुर्गाप्रसाद चालिसेले जानकारी दिए ।

‘केही ठाउँमा रोकिए पनि धेरै अधिकांश ठाउँमा भारी वर्षात भैरहेको छ, कतिपए ठाउँमा सम्पर्क नै हुन सकेको छैन् । जिल्लाका अधिकांश ठाउँमा एक घण्टादेखि मतदान रोकिएको छ,’ चालिसेले भने ।

वीरेन्द्रनगर पानी पर्न रोकिएको छ । पानी रोकिएसँगै जन नमुना माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा विद्यालयभित्र मतदान गर्ने व्यवस्था मिलाइएको छ । ‘पानी रोकिएला जस्तो छैन्, त्यसैले विद्यालय परिसको साँघुरो ठाउँमै मतदान गर्ने व्यवस्था मिलाएका छौं,’ त्यहाँका मतदान अधिकृत सूर्यप्रसाद शर्माले भने ।

अन्य ठाउँहरुमा पानी पर्न रोकिएलगत्तै मतदान सुरु हुने प्रमुख चालिसेले बताए । सुर्खेतमा दिउँसो दुई बजेसम्म पालिकाहरूमा ४० देखि ५० प्रतिशत मत मत खसेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*