समाज/राजनीति
कांग्रेसका पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित ५ जना निलम्बित
काठमाडौं । नेपाली कांग्रेसले चितवन घर भएका पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित थप पाँच जनालाई निलम्बन गरेको छ । स्थानीय तह निर्वाचनमा पार्टीको विधान र अनुशासन विपरीत काम गरेको भन्दै कांग्रेसले श्रेष्ठसहितका नेता–कार्यकर्ताहरुलाई निलम्बन गरेको हो । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव डा। प्रदीप पराजुलीका अनुसार भरतपुर महानगरपालिका–१ घर भएका...
भरतपुरमा प्रचण्ड भेटघाटमा, मौन अवधिमा मतदाता प्रभावित पारेको एमालेको आरोप
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संघीय सरकारका मन्त्रीले दुई दिनदेखि चितवनमा बसेर मतदाता प्रभावित पारेको भन्दै नेकपा एमालेले आपत्ति जनाएको छ । बुधबार चितवन आएका प्रचण्ड, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री किसान श्रेष्ठ, महिला तथा बालबालिका मन्त्री उमा रेग्मी, राज्यमन्त्री उमेश श्रेष्ठले मौन...
भरतपुरको मतगणना स्थलमा फलामको बार
चितवन । चितवनको भरतपुर महानगरपालिकाको मतगणनास्थलमा फलामको तारजाली लगाइएको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचको मतगणना गर्ने ठाउँमा मतको सुरक्षाका लागि फलामको तारजाली लगाइएको निर्वाचन आयोगले जनाएको छ । भरतपुर महानगरपालिकामा सत्तारुढ गठबन्धन र विपक्षी दलले प्रतिष्ठाको विषय बनाएका छन् । चितवन उद्योग संघभित्र रहेको औद्योगिक प्रदर्शनी...
मकवानपुरका दश वटै स्थानीय तहमा मतगणना स्थलमा सीसी क्यामेरासहित तारजालीको व्यवस्था
मकवानपुर । मकवानपुरका दश वटै स्थानीय तहमा रहेका मतगणना स्थलमा सीसी क्यामेराको व्यवस्था गरिएको छ । सुरक्षित तरिकाले मतगणना गर्नका लागि मकवानपुरका मतगणना स्थलमा तयारी गरिएको हो । मकवानपुरका १० वटै पालिकामा स्थापना भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणना स्थल निर्माण गरी तयारी अवस्थामा राखिएको छ। मकवानपुरका १० वटै...
मकवानपुरमा मदिरा सेवन गरेका मतदाताले मतदान गर्न नपाइने
मकवानपुर । मकवानपुरमा मदिरा सेवन गरेका मतदातालाई मतदान गर्न निषेध गरिएको छ । जिल्लाका मतदान केन्द्र भित्र क्यामेरा र मोवाइल प्रयोगमा प्रतिबन्ध लगाइएको छ । मतदान केन्द्रभित्र खटिएका प्रतिनिधि र मतदाता समेतले मोवाइल प्रयोग गर्न नपाउने मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्ली रत्न श्रेष्ठले बताए। यस्तै मदिरा सेवन गर्ने मतदातालाई...
सप्तरीमा मतदानस्थल परिवर्तन
सप्तरी । जिल्लामा बुधबार एउटा मतदानस्थल परिवर्तन गरिएको छ । जिल्ला निर्वाचन कार्यालय सप्तरीका अनुसार चार मतदान केन्द्र रहेको विष्णुपुर गाउँपालिकास्थित गाविस भवन जमुनी मधेपुराबाट मतदानस्थल फेरिएको हो । सो मतदानस्थललाई शारदा मावि जमुनी मधेपुरामा सारिएको जिल्ला निर्वाचन अधिकारी रमेश जोशीले जानकारी दिए । उनका अनुसार पुरानो ठाउँबाट उक्त...
मुलुकको विकास र समृद्धिको लागि गठबन्धन : डीना
मकवानपुर । नेपाली काँग्रेसका केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाले मुलुकको विकास र समृद्धिको लागि गठबन्धन आवश्यक रहेको बताएकी छिन् । काँग्रेस मनहरी गाउँपालिकाको आयोजनामा मंगलबार मनहरी गाउँपालिकाको मसिने गोलघरमा भएको आमसभालाई सम्बोधन गर्दै उनले मुलुकको विकास र समृद्धिको लागि गठबन्धन जित्नु पर्ने आवश्यक रहेको बताएकी हुन् । ‘संविधान र...
वडाअध्यक्ष उम्मेदवार लामिछानेद्वारा मतदातालाई मताधिकारबारे सूचित
धुलिखेल । धुलिखेल नगरपालिकाको वडा नम्बर १२ का वडाअध्यक्ष पदका उम्मेदवार मोहनप्रसाद लामिछानेले स्थानीय तहको निर्वाचनको सन्निकटमा मतदातालाई सूचित गराएका छन् । उम्मेदवार लामिछानेले आचारसंहिता लागू हुनुपूर्व सामाजिक सञ्जालमार्फत मताधिकार बारे मतदाताहरूलाई सचेत गराएका हुन् । उनले मतादाताहरूलाई आफ्नो विवेकको प्रयोग र अधिकारको बारेमा ध्यानाकर्षण गर्दै मतको दूरगामी प्रभाव...
बिदुर हुमागाईलाई असुरक्षा, भने– ‘म घर जाँदा घेरा तोडेर हिड्नुपर्ने ?’
मकवानपुर । नेकपा एमालेबाट मकवानपुरगढी गाउँपालिका अध्यक्ष पदका उम्मेदवार बिदुर हुमागाईमाथि असुरक्षा बढेको छ । उनले आफूमाथि असुरक्षा बढेको भन्दै घर जाँदापनि घेरा तोडेर हिँड्नु परेको जानकारी दिएका छन् । मकवानपुरगढी–६ डुम्रेकुनामा मंगलबार भएको गाउँपालिकास्तरीय चुनावी सभालाई सम्बोधन गर्दै हुमागाईंले आफू घर जाँदा विपक्षीहरुले घेरा हालेर बसेको बताएका छन्...
१० वर्षभित्र मकवानपुरगढीलाई नगरपालिकाको तहमा पुर्याउँछौंः बिदुर हुमागाईं
मकवानपुर । मकवानपुरगढीमा नेकपा एमालेबाट अध्यक्ष पदका उम्मेदवार बिदुर हुमागाईंले १० वर्षभित्र गाउँपालिकालाई नगरपालिकाको तहमा पुर्याउन गरी योजना तयार भएको बताएका छन् । उनले २०७४ सालमै निर्वाचन जितेपछि नगरपालिका उन्मुख गाउँपालिकाको रुपमा काम गर्दै आएको भन्दै अबको १० वर्षभित्र नगरपालिकाको तहमा गाउँलाई पुर्याउने जनता समक्ष प्रतिबद्धता जाहेर गरेका छन्...









