मकवानपुरका दश वटै स्थानीय तहमा मतगणना स्थलमा सीसी क्यामेरासहित तारजालीको व्यवस्था

अखबार हब
२०७९ बैशाख २९, बिहीबार १४:५२

मकवानपुर । मकवानपुरका दश वटै स्थानीय तहमा रहेका मतगणना स्थलमा सीसी क्यामेराको व्यवस्था गरिएको छ । सुरक्षित तरिकाले मतगणना गर्नका लागि मकवानपुरका मतगणना स्थलमा तयारी गरिएको हो । मकवानपुरका १० वटै पालिकामा स्थापना भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणना स्थल निर्माण गरी तयारी अवस्थामा राखिएको छ।

मकवानपुरका १० वटै मतगणना स्थलमा सीसी क्यामेरासहित तारजालीको व्यवस्था गरिएको मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताउनुभयो । वैशाख ३० गते हुने पालिका चुनावको मतदानपछि पालिकाले मतगणनाका लागि स्थलको तयारी पूरा गरेको छ ।

जिल्लाका १० वटै मतगणना स्थल मत गणनाका लागि सुरक्षित बनाइएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र अरु आठ वटौ स्थानीय तहमा मतगणनाका लागि सीसी क्यामेरासहित तारजालीको व्यवस्थापन गरेर मतगणना गर्ने तयारीअनुसार मतगणना स्थल तयार पारिएको छ ।

चुनावमा हुन सक्ने अवाञ्छित क्रियाकलापलाई निगरानी गर्न र रोक्न सुरक्षित तरिका अपनाइएको हो । निर्वाचन आयोगले सीसी क्यामेरा जडान गरेर मतगणना गर्न भनेपछि सबै निर्वाचन कार्यालयले पालिकाको व्यवस्थापनमा सीसी क्यामेरा र तारजाली लगाएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*