मुलुकको विकास र समृद्धिको लागि गठबन्धन : डीना
मकवानपुर । नेपाली काँग्रेसका केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाले मुलुकको विकास र समृद्धिको लागि गठबन्धन आवश्यक रहेको बताएकी छिन् ।
काँग्रेस मनहरी गाउँपालिकाको आयोजनामा मंगलबार मनहरी गाउँपालिकाको मसिने गोलघरमा भएको आमसभालाई सम्बोधन गर्दै उनले मुलुकको विकास र समृद्धिको लागि गठबन्धन जित्नु पर्ने आवश्यक रहेको बताएकी हुन् ।
‘संविधान र लोकतन्त्र गठबन्धनकै उपलब्धि हो । सर्वसत्तावाद र भ्रष्टाचारको नाइके केपीको विरुद्ध गठबन्धन गरिएको हो’, उनले भनिन्, ‘सिंहदरबारको अधिकार घरघर पु¥याउन र अधिकार सम्पन्न एवम् सबैको साझा स्थानीय सरकार बनाउन गठबन्धन गरेका हौं ।’ उनले गठबन्धनको मर्म र भावना अनुसार मतदान गर्न अनुरोधसमेत गरिन् ।
एमालेले जितेकोले स्थानीय सरकारको अधिकार केन्द्रमै राखिएको भन्दै डीनाले भनिन्, ‘एमालेले केवल जनतालाई दुःख मात्र दियो । एमाले सरकारले कार्यकर्ता मात्र पोस्ने काम ग¥यो । मुलुकको विकास र समृद्धिको लागि गठबन्धनले जित्नु जरुरी छ ।’ उनले भनिन् ।
काँग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौलाको अध्यक्षतामा भएको आमसभामा गठबन्धनको तर्फबाट मनहरी गाउँपालिका अध्यक्ष पदका उम्मेदवार रञ्जन कालाखेती, उपाध्यक्षको उम्मेदवार सीता पुलामी मगर ‘रेखा’, महाधिवेशन प्रतिनिधि शंकर न्यौपाने, नेता भरत पराजुली, पूर्व जिल्ला सदस्य नवराज उप्रेती, ७ नम्बर वडा अध्यक्ष पदका उम्मेदवार ठाकुरराम तितुङ, कांग्रेस ४ नम्बर वडा सभापति आइतसिंह तितुङलगायतले मन्तव्य व्यक्त गरेका थिए । आमसभामा एमाले, माओवादी, नेकपा एस, राप्रपा लगायतको पार्टी परित्याग गरी २३१ जना कांग्रेस प्रवेश गरेका थिए ।







