भीमफेदी १ मा गठबन्धनका उम्मेदवार स्याङतान विजयी
मकवानपुर। भीमफेदी गाउँपालिका वडा नंबर १ मा पाँच दलीय गठवन्धनको तर्फबट नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवर विजयी भएका छन् ।
भर्खरै सम्पन्न भएको मतगणनाको परिणाम अनुसार वडाध्यक्ष उम्मेदवार सोमबहादुर स्याङतानले ९१० मत प्राप्त गर्दै विजयी बने । उनका प्रतिस्पर्धी एमालेकी पञ्चमाया स्याङतानले ६५५ ल्याएकी छिन् । वडा नंबर १ मा १६४१ मत खसेको थियो भने ७२ मत बदर भएको छ ।







