हेटौंडामा समाजवादीका मेयर पदको उम्मेदवार एमाले प्रवेश
मकवानपुर । बैशाख ३० गते अर्थात ३ दिन पछि हुन गइरहेको स्थानीय तहको निर्वाचनमा नेकपा समाजवादीबाट हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका रोमनाथ भुर्तेल नेकपा एमाले प्रवेश गरेका छन् ।
मंगलबार नेकपा एमाले हेटौंडा ४ ले आयोजना गरेको अन्तिम चुनावी सभामार्फत् मेयरका उम्मेदवार भुर्तेल नेकपा एमाले प्रवेश गरेका हुन् ।
उनलाई बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल, एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, हेटौंडा ४का वडाअध्यक्षका उम्मेदवार नवीन सिग्देल लगायतले स्वागत गरेका थिए ।







