लोसपाका हेटौंडा ८ नम्बर अध्यक्षका उम्मेदवार एमाले प्रवेश

अखबार हब
२०७९ बैशाख २१, बुधबार १८:२५

मकवानपुर । लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट हेटौंडा–८ को अध्यक्षका उम्मेदवार बनेका ज्योती रोक्का नेकपा(एमाले) प्रवेश गरेका छन् ।

बुधबार एक कार्यक्रमका बिच लोसपाबाट हेटौंडा ८ अध्यक्षको उम्मेदवार बनेका रोक्कासहित कञ्चन न्यौपाने, लक्ष्मि रोक्का एमाले प्रवेश गरेका हुन् । त्यस्तै माओवादी केन्द्रका राजु प्याकुरेल र टेकबहादुर विक एमाले प्रवेश गरेका हुुन् ।

उनीहरुलाई एमालेको तर्फबाट हेटौंडा ८ का अध्यक्षका उम्मेदवार बोलबहादुर कार्कीले स्वागत गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*