एमाले प्रवेश लगत्तै चुनावी प्रचारमा श्रीधर
मकवानपुर । नेकपा एमाले प्रवेश गरे लगतै श्रीधर पोखरेल नेकपा एमालेको चुनावी प्रचार प्रसारमा सहभागि भएका छन् । नेकपा (एकीकृत समाजवादी) मकवानपुरको अध्यक्ष पदसहित पार्टी परित्याग गरि एमाले प्रवेश गरेका पोखरेल शुक्रबार हेटौंडा–५ मा भएको नेकपा एमालेको प्रचार कार्यक्रममा सहभागी भएका हुन् ।
हेटौंडा–५ मा भएको घरदैलो कार्यक्रममा नेकपा एमालेका बागमती प्रदेश कमिटीका सदस्य तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महत, केन्द्र, प्रदेश र जिल्ला स्तरका नेताहरुसहित घरदैलो अभियानमा सहभागि भएको हो ।
पोखरेलले नेकपा एमालेबाट मेयर पदका उम्मेदवार अनन्त पौडेल, उपमेयर पदका उम्मेदवार सुमित्रा काफ्लेसहित वडा अध्यक्ष तथा सदस्य पदका उम्मेदवारहरुलाई शुभकामना दिदै एमालेका नेता तथा कार्यकर्ताहरुसँग सामुहिक तस्बिर समेत खिचाएका छन् । एमाले प्रवेश गर्दा आफ्नै घर फर्किएको र आफ्नै दाजुभाइ तथा दिदिबहिनीहरुसँग भेट भए झै खुसी मिलेको उनको भनाई छ ।

नेकपा (एकिकृत समाजवादी) मकवानपुरका जिल्ला अध्यक्षबाट राजिनामा दिएको भोलिपल्टै पोखरेल नेकपा एमाले प्रवेश गरेका थिए । समाजवादी पार्टीलाई एउटा प्राइभेट कम्पनिको संज्ञा दिएका पोखरेल एमाले प्रवेश गरेका हुन् । पोखरेललाई नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले काठमाडौंमा भएको एक कार्यक्रमका बिच एमालेमा स्वागत गरेका थिए ।







