शंकर न्यौपानेले लिए मनहरी अध्यक्षको उम्मेदवारी फिर्ता

अखबार हब
२०७९ बैशाख १६, शुक्रबार २०:५२

मकवानपुर । नेपाली कांग्रेस (वीपी) पार्टीबाट मनहरी गाउँपालिका उम्मेदवार बनेको शंकर न्यौपानेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

नेपाली कांग्रेसले टिकट वितरणमा विभेद गरेकोभन्दै उनले उम्मेदवारी दिएका थिए । कांग्रेस जिल्ला अध्यक्ष बुद्ध लामा र प्रवक्ता अर्जुन चौलागाईंले मनहरी नै पुगेर उनको उम्मेदवारी फिर्ताका लागि पहल गरेका थिए । उनले पार्टीले टिकट वितरणलाई व्यवस्थित नबनाएकोप्रति दुःख व्यक्त गरेका थिए । न्यौपाने अघिल्लो स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा उम्मेदवार थिए । उनी एमालेका उम्मेदवार एकराज उप्रेतीसँग पराजित भएका थिए ।

उनीसँगै नेपाली कांग्रेस (वीपी) समूहबाट उपमेयर बनेकी जानुकी लामाले भने उम्मेदवारी फिर्ता लिइनन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*