काँग्रेसको जिल्ला सदस्य पाएपछि रविन्द्रले लिए उम्मेदवारी फिर्ता

अखबार हब
२०७९ बैशाख १६, शुक्रबार २०:३३

मकवानपुर । नेपाली काँग्रेस मकवानपुरको जिल्ला सदस्य पाएपछि हेटौंडाका रविन्द्र घिमिरेले आसन्न स्थानीय निर्वाचनमा उम्मेदवारी फिर्ता लिएका छन् ।

काँग्रेसबाट वडाध्यक्षको टिकट प्राप्त गरेर पनि दर्ता गर्न नपाएपछि हेटौंडा २ को वडा अध्यक्ष लागि स्वतन्त्रबाट उम्मेदवारी दिएका घिमिरेलाई काँगे्रस मकवानपरले जिल्ला सदस्यमा मनोनित गरेसँगै उम्मेदवारी फिर्ता लिएका हन् ।

यसअघि,बैशाख १२ गते हेटौंडामा पत्रकार सम्मेलन गर्दै घिमिरेले आफु स्वतन्त्रबाट उठको र काँग्रेसबाट उम्मेदवारी बनेको ब्यक्तिको भन्दा एक भोट भएपनि धेरै मत ल्याएर देखाउने बताएका थिए । तर आज उम्मेदवारी फिर्ता लिने समय साँझ ५ बजे अगावै उम्मेदवारी फिर्ता लिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*