मकवानपुरगढीमा विकास गर्ने पार्टी भनेकै एमाले भन्ने स्थापित छ : बिदुर हुमागाईं

अखबार हब
२०७९ बैशाख १६, शुक्रबार १५:३६

मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्ष पदका उम्मेदवार बिदुर हुमागाईंले मकवानपुरगढीमा विकास गर्ने पार्टी भनेकै एमाले भन्ने भावना स्थापित भएको बताएका छन् ।

नेपाल खेलकुद महासघ मकवानपुरगढि गाउँ पालिकाद्वारा आयोजित प्रथम भेलालाई सम्बोधन उनले एमालेले जनताका आधारभूत आवश्यकता पूरा गर्न र गाउँपालिकाको सबै खाले विकासका निम्ति काम गर्दै आएको बताए ।

मकवानपुरगढीमा पाँच वर्षभित्र उत्पादनका क्षेत्रमा भएका कामको मुल्यांकन गर्दै जनताले एमालेमा मत दिने विश्वास गरे । पाँच वर्षअघिको गाउँको अवस्था र हालको अवस्थाको वास्तिवक मुल्यांकन गरेपछि आफूलाई काम गरेको सन्तुष्टि मिलेको उनले बताए । तर, पर्याप्त विकासका लागि पाँच वर्षको अवधि अपुग भएको भन्दै उनले गाउँ बासीको मुहारमा खुशी ल्याउन थप काम गर्नुपर्ने देखिएकोले पुनः अध्यक्षमा उम्मेदवारी दिएको बताए ।

नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव धर्म लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य नवराज तिमल्सिनाको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा पार्टी जिल्ला सचिवालय सदस्य तथा मकवानपुरगढी सहइञ्चार्ज मेम्बर लो, जिल्ला सल्लाहकार समिती सदस्यहरु अर्जुन सापकोटा, कृष्ण थिङ, उपाध्यक्ष पदको उम्मेदवार सन्तु थिङ, गाउँ कमिटी उप सचिव चन्द्र योञ्जन लागायतको आथित्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*