समाज/राजनीति
सांस्कृतिक कार्यक्रमसहित हेटौंडा–१० मा एमालेको चुनावी प्रचार प्रसार
मकवानपुर । विभिन्न सांस्कृतिक कार्यक्रमसहित नेकपा एमाले हेटौंडा – १० वडा कमिटीले चुनावी प्रचार प्रसार सुरु गरेको छ । बुधबार हेटौंडा–१० स्थित न्युरेनी टोलमा एमालेको वडा कमिटीले चुनावी कार्यक्रमको आयोजना गरेको हो । नेकपा एमाले हेटौंडा १० नं. वडा कमिटीका अध्यक्ष राजकुमार बिश्वकर्माको सभाध्यक्षतामा भएको सांस्कृतिक कार्यक्रममा एमाले मकवानपुरका...
हेटौंडामा गठबन्धन तोडिने खतरा,एकल उम्मेदवारी दिने काँग्रेसको चेतावनी
मकवानपुर । सत्तारुढ गठबन्धनमा हेटौँडा उपमहानगरको मेयर नेकपा एकीकृत समाजवादीलाई दिने सहमति भएपछि केन्द्रको निर्णयप्रति कांग्रेस हेटौँडा उपमहानगर समितिले विरोध जनाएको छ। आफ्नो दल हेटौँडामा बलियो रहेको, नगर र जिल्लाको गठबन्धनबीच कांग्रेसले पाउनेबारे छलफल भइरहँदा वस्तुस्थितबारे जानकारी नलिई केन्द्रले निर्णय गरेको भन्दै कांग्रेस हेटौँडाले विज्ञप्तिमार्फत विरोध जनाएको हो। विज्ञप्तिमा...
एमालेलाई खरिद गर्न सम्भव छैनः ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नातावादलाई नमान्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित ‘युवासँग म’ अन्तर्क्रिया कार्यक्रममा उनले एमालेले नातावाद कृपावाद स्वीकार नगर्ने दावी गरे । ‘एमालेमा नो नेपोटजिम, नो फेबरिजम, मेरो नजरमा सबै युवाहरु सबै बालबालिका छोराछोरी हुन्’ उनले भने । ओलीले एमालेले ‘गणेश...
महिलाहरुको समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता गर्न आयोगको आग्रह
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा महिलाको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न सबै राजनीतिक दलहरूलाई आग्रह गरेको छ । ‘आसन्न निर्वाचनको क्रममा गठबन्धन गर्ने दलहरुले हरेक स्थानीय तहका मेयर र उपमेयर एवम् अध्यक्ष र उपाध्यक्षमध्ये कम्तिमा एक पदमा महिलालाई उम्मेदवार बनाई स्थानीय तहमा...
राप्रपाको घोषणापत्रः सुत्केरी महिलालाई तीन महिनासम्म ३ हजार भत्ता, गाईभैंसीलाई पनि भत्ता दिइने (पूर्णपाठसहित)
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको निर्वाचन लक्षित घोषणापत्र सार्वजनिक गरेको छ। बुधबार सार्वजनिक घोषणापत्रमा सुशासन, शिक्षा, स्वास्थ्य, कृषि तथा पशु, खानेपानी, कर व्यवस्था, युवा तथा खेलकुद, भौतिक संरचना, सामाजिक, महिला, रोजगारी तथा अन्य जस्ता शीर्षकमा पार्टीको धारणा सार्वजनिक गरिएको हो। राप्रपाले प्रत्येक वडामा प्रसुती सेवा तथा निम्न...
भीमफेदीको अध्यक्षमा काँग्रेसबाट तीन जनाको नाम सिफारिस
मकवानपुर। आसन्न स्थानीय तह निर्वाचनको लागि मकवानपुरको भीमफेदी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष उम्मेदवारमा नेपाली काँग्रेस गाउँकार्यसमितिले नाम सिफारिस गरेको छ । काँग्रेस भीमफेदी गाउँपालिका कार्यसमितिको बैठकले पालिका अध्यक्षका लागि जिल्ला उपसभापति आनन्नद कठायत, पालिका सभापति सञ्जीव श्रेष्ठ र नारायण थापाको नाम पार्टीको प्रतिनिधि सभा क्षेत्रीय समितिमा सिफारिस गरेको हो...
गठबन्धनमा जुट्यो सहमति, हेटौंडा उपमहानगर एकीकृत समाजवादीको भागमा
मकवानपुर । पाँच दलीय गठबन्धनमा हेटौंडा उपमहानगरपालिकासहित देशका ११ वटा उपमहानगरको भागबण्डामा सहमति जुटेको छ । भगबण्डा अनुसार ११ मध्ये ७ उपमहानगरको मेयर काँग्रेसले पाएको छ । बालुवाटारमा बसेको गठबन्धनको बैठकले भागबण्डामा सहमति जुटाएको हो । सहमति अनुसार माओवादी केन्द्रले दुई, नेकपा एकीकृत समाजवादी र जसपाले एक/एक उपमहानगरमा मेयर...
बुटवलको मेयरमा सिफारिस नामप्रति कांग्रेसमा विरोध
बुटवल । नेपाली कांग्रेस बुटवल नगर समितिले मेयर पदमा नगर सभापति खेलराज पाण्डेलाई सर्वसम्मत सिफारिस गरेकोप्रति कांग्रेसभित्र असन्तुष्टी सार्वजनिक भएको छ । कांग्रेसको नगर समितिले मेयर पदमा खेलराज पाण्डेलाई सर्वसम्मत उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको थियो । उक्त सिफारिसको विरोधमा कांग्रेसका १३ जना नेताले विज्ञप्ति जारी गर्दै सिफारिस वदर...
देउवालाई पोखरेली नेताले भने– ६० हजार भोट खन्याएर अर्कोलाई जिताउन सकिन्न
काठमाडौं । सत्ता गठबन्धनमा पोखरा महानगरपालिकाको विषय पेचिलो बनिरहेको बेला कांग्रेस सभापति शेरबहादुर देउवाले कास्कीका कांग्रेस नेताहरूलाई बालुवाटारमा बोलाएर गठबन्धनको बाध्यता बुझ्न आग्रह गरेका छन् । सभापति देउवालाई भेटेपछि पत्रकारसँग कुरा गर्दै कांग्रेस नेता यज्ञबहादुर थापाले आफूहरूलाई पोखरा महानगरपालिका नपाउने आशंका भए पनि नेताहरूले आफूहरूको कुरा बुझेर निर्णय गर्ने...
महानगर भागबण्डामा सहमति : भरतपुर माओवादीलाई
काठमाडौं । सत्तारुढ गठबन्धनमा महानगरपालिका भागबण्डामा सहमति जुटेको छ । मंगलबार दिउँसो बालुवाटारमा भएको गठबन्धनका शीर्ष नेताको बैठकले ६ मध्ये तीन महानगरको नेतृत्व कांग्रेसले लिने, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले एक/एक महानगरको नेतृत्व लिने सहमति गरेको स्रोतले बताएको छ । त्यस अनुसार पोखरा महानगरपालिकाको नेतृत्व एकीकृत समाजवादीले...










