देउवालाई पोखरेली नेताले भने– ६० हजार भोट खन्याएर अर्कोलाई जिताउन सकिन्न

अखबार हब
२०७९ बैशाख ६, मंगलवार १७:५९

काठमाडौं । सत्ता गठबन्धनमा पोखरा महानगरपालिकाको विषय पेचिलो बनिरहेको बेला कांग्रेस सभापति शेरबहादुर देउवाले कास्कीका कांग्रेस नेताहरूलाई बालुवाटारमा बोलाएर गठबन्धनको बाध्यता बुझ्न आग्रह गरेका छन् ।

सभापति देउवालाई भेटेपछि पत्रकारसँग कुरा गर्दै कांग्रेस नेता यज्ञबहादुर थापाले आफूहरूलाई पोखरा महानगरपालिका नपाउने आशंका भए पनि नेताहरूले आफूहरूको कुरा बुझेर निर्णय गर्ने विश्वास व्यक्त गरे ।

उनले आफूहरूले तथ्य, तथ्यांक र तर्क दिएर नेताहरूलाई पोखरा कांग्रेसले पाउनुपर्ने दाबी गरेको बताए । उनले भने–हामीसँग ६०/६५ हजार मत छ । त्यहाँ गठबन्धनले जित्नुपर्छ भन्ने हो भने कांग्रेसलाई समर्थन गर्नुपर्छ ।

नेताहरूले गठबन्धनको बैठकमा हाम्रो कुरालाई राखेर माधव नेपाललाई पनि कन्भिन्स गर्नुहुन्छ भन्ने लागेको छ । कता कता आशंका चाहिँ भएको छ । ६०/६५ हजार मत लगेर अरूलाई खन्याएर जिताउन गाह्रो छ ।

थापाले गठबन्धनको आफूहरू विरोधी नभएको र प्रचण्डलाई पनि भेटेर आफूले कांग्रेसको उम्मेदवार भए जित्न सजिलो हुने कुरा राखेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*