बुटवलको मेयरमा सिफारिस नामप्रति कांग्रेसमा विरोध

अखबार हब
२०७९ बैशाख ६, मंगलवार १९:३९

बुटवल । नेपाली कांग्रेस बुटवल नगर समितिले मेयर पदमा नगर सभापति खेलराज पाण्डेलाई सर्वसम्मत सिफारिस गरेकोप्रति कांग्रेसभित्र असन्तुष्टी सार्वजनिक भएको छ ।

कांग्रेसको नगर समितिले मेयर पदमा खेलराज पाण्डेलाई सर्वसम्मत उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको थियो । उक्त सिफारिसको विरोधमा कांग्रेसका १३ जना नेताले विज्ञप्ति जारी गर्दै सिफारिस वदर गर्न लुम्बिनी प्रदेश समिति समक्ष माग गरेका छन् ।

विज्ञप्तिमा मेयरका आकांक्षीहरु क्षेत्रीय सभापति हरि लम्साल, महेशमान सिंह, प्रदेशसभा (ख) का सभापति खड्कबहादुर महत, जनक कोइराला, प्रकाश राना, चोपनारायण श्रेष्ठ, रवीन्द्र श्रेष्ठ, जितबहादुर मल्ल, गोपाल पाण्डे, नेत्र भट्टराई, गोकर्ण बन्जाडे, रामेश्वर श्रेष्ठ, मुक्ति अधिकारी र जोगबहादुर खत्रीको हस्ताक्षर रहेको छ ।

मेयरका अन्य आकांक्षीलाई खबर नै नगरी एकलौटी रुपमा गरिएको सिफारिस खारेज गर्न र सबैलाई एक ठाउँमा राखेर व्यापक छलफल गरी उम्मेदवार छनोट प्रक्रिया अघि बढाउन ज्ञापनपत्रमा माग गरिएको छ । यस्तै एकलौटी निर्णय गर्नेमाथि स्पष्टीकरण लिई कारवाही गर्न पनि माग गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*