समाज/राजनीति

गठबन्धन भएसँगै पालिकादेखि वडा–वडामा बागी उम्मेदवार खडा गर्दै काँग्रेस मनहरी

मकवानपुर । मनहरी गाउँपालिकाको अध्यक्ष पदका लागि गठबन्धनका तर्फबाट माओवादी केन्द्रको उम्मेदवारलाई उठाउने निर्णय भएसँगै नेपाली काँग्रेस मनहरी वडा नं. १ मा बागी उम्मेदवार खडा गरिएको छ । शनिबार भएको काँग्रेस मनहरीको बैठकले वडा नं. १ मा पनि बागी उम्मेदवार खडा गर्ने घोषणा गरेको हो । पाँच दलीय गठबन्धनले...

काँग्रेस मनहरीमा ‘भाँडभैलो’

मकवानपुर । मनहरी गाउँपालिकामा पाँच दलीय गठबन्धन बीचको भागबण्डा थप पेचिलो बन्दै गएको छ । प्रदेशमा जारी गठबन्धन बीचको बैठकमा मनहरी गाउँपालिका अध्यक्ष माओवादी केन्द्रलाई दिने प्रारम्भिक सहमति भएसँगै काँग्रेस मनहरीमा भागबण्डाको विषय थप पेचिलो बन्दै गएको हो । शनिबार साँझ भएको काँग्रेस मनहरीको बैठकमा गठबन्धनको तर्फबाट आफूहरुले पालिकाका...

गठबन्धनबाट हेटौंडाको मेयरको उम्मेदवारमा मिना लामा

मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी) की मिना लामा उठ्ने पक्का भएको छ । समाजवादीले आफ्नो भागमा परेका महानगरपालिका र उपमहानगरपालिकामा उम्मेदवारको टुंगो लगाएसंगै हेटौंडाको मेयरमा लामा उठ्ने पक्का भएको स्रोतले जनाएको छ ।

मनहरी गाउँपालिका माओवादी केन्द्रको भागमा

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका माओवादी केन्द्रको भागमा परेको छ । पाँच दलीय सत्ता गठबन्धनको बैठकले मकवानपुरको मनहरी गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवारलाई उठाउने निर्णय भएको नेपाली काँग्रेस बागमती प्रदेश उपसभापति मोहन बस्नेतले जानकारी दिए । उपाध्यक्ष पदको टिकट भने टुंगिन बाँकी रहेको उनले बताए ।

हेटौंडा १२ मा तोडियो गठबन्धन, काँग्रेसका अर्जुन तिवारीले उम्मेदवारी दिँदै

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा गठबन्धन तोडिने भएको छ । सत्ता गठबन्धनको सहमति विपरीत हेटौंडा १२ को वडा अध्यक्षमा काँग्रेसको तर्फबाट अर्जुन तिवारीले उम्मेदवारी दिने भएसँगै गठबन्धन तोडिने भएको हो । गठबन्धन तर्फबाट माओवादी केन्द्रको भागमा परेको उक्त वडामा नेपाली कांग्रेसको जिल्ला सदस्य समेत रहेका अर्जुन...

एमाले हेटौंडाको चुनावी घोषणाः मासिक १० हजार लिटर निःशुल्क खानेपानी, हिडिम्बा टावर निर्माण

मकवानपुर । नेकपा एमालेले आगामी स्थानीय तहको निर्वाचनो लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । यसै सन्दर्भमा एमाले हेटौंडा उपमहानगर कमिटीले पनि नगरभित्र गर्ने कामहरुको प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो । एमाले हेटौंडा नगर कमिटीले सार्वजनिक गरेको घोषणापत्र अनुसार नगरभित्रका हरेक घरमा मासिक १० हजार लिटर निःशुल्क खानेपानीदेखि हेटौंडाको...

जनमत पार्टीले गठबन्धन नगर्ने, ११० जनालाई दिइसके टिकट

जनकपुरधाम । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा थपिएको नयाँ दल हो, जनमत पार्टी । स्वतन्त्र मधेशको अभियान छाडेर मुलधारमा आएका डा. सिके राउतले आफ्नो नेतृत्वमा बनाएको यो पार्टीले पहिलो पटक निर्वाचनमा भाग लिन लागेको हो । यसअघि २०७४ सालको निर्वाचनमा कोठा बाहिर मतदान गर्ने अभियान चलाएका यो...

भ्यू टावरको विरोध गर्नेलाई ओलीको जवाफः गुजराती भैंसी हो र दूध दिनलाई ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धरहरा र भ्यू टावर निर्माणको आलोचना भएको भन्दै आक्रोश व्यक्त गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीको ७४ औं स्थापना दिवस तथा स्थानीय तह निर्वाचन ०७९ को चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा ओलीले भ्यू टावर र धरहरा बनाउने ठाउँमा पहिले धान फल्दैन थियो...

एमालेको घोषणापत्रमै सर्वोच्चको फैसलाको आलोचना

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने र १४६ सांसदको समर्थन जुटाएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने सर्वोच्च अदालतको फैसलाको आलोचना गरेको छ । स्थानीय तह निर्वाचनका लागि एमालेले शुक्रबार जारी गरेको घोषणापत्रमै प्रतिनिधिसभा विघटनको प्रयासलाई अदालतले रोक्नु गलत भएको उल्लेख छ । ‘लोकतन्त्रमा सरकार...

एमालेको घोषणापत्रः हाम्रा जनप्रतिनिधि शासक होइन सेवक हुनेछन् (पूर्णपाठसहित)

काठमाडौं । नेकपा एमालेले स्थानीय चुनावका लागि पार्टीको केन्द्रीय घोषणापत्र सार्वजनिक गरेको छ । केन्द्रीय कार्यालयबाट शुक्रबार जारी भएको घोषणापत्रमा एमालेको सरकारका पालामा भएका केन्द्र र स्थानीय तहका कामहरुको उपलब्धी व्याख्या गरिएको छ । बाँकी कामका योजनासमेत घोषणापत्रमा समेटिएको छ । एमालेले ‘सुखी ज्येष्ठ नागरिक, खुसी बालबालिका’ देखि ‘जनप्रतिनिधि...