हेटौंडा १२ मा तोडियो गठबन्धन, काँग्रेसका अर्जुन तिवारीले उम्मेदवारी दिँदै
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा गठबन्धन तोडिने भएको छ ।
सत्ता गठबन्धनको सहमति विपरीत हेटौंडा १२ को वडा अध्यक्षमा काँग्रेसको तर्फबाट अर्जुन तिवारीले उम्मेदवारी दिने भएसँगै गठबन्धन तोडिने भएको हो ।
गठबन्धन तर्फबाट माओवादी केन्द्रको भागमा परेको उक्त वडामा नेपाली कांग्रेसको जिल्ला सदस्य समेत रहेका अर्जुन तिवारीलाई उम्मेदवार बनाउने कांग्रेस बहुमत वडा कार्यसमितिले आज निर्णय गरेको छ ।
वडामा काँग्रेस उम्मेदवार नै जित्ने निश्चित भएको कारण गठबन्धनको निर्णय विपरीत आफूले उम्मेदवारी दिन लागेको तिवारीले बताए । उनी ०७४ मा भएको स्थानीय तहको निर्वाचनमा सोही वडामा माओवादी केन्द्रको उम्मेदवार ललीत घलानसँग १५३ मत अन्तरले पराजित भएका थिए ।







