समाज/राजनीति

निजगढमा गठबन्धनबीच दुरी बढ्दैः एक्लै निर्वाचनमा आउन काँग्रेसलाई माओवादी केन्द्रको चुनौती

बारा । सत्तारुठ पाँच दलीय केन्द्रीय गठबन्धबीच आसन्न स्थानीय तहको निर्वाचनमा एक भएर निर्वाचनमा होमिने निर्णय भएता पनि निजगढ नगरपालिकामा भने गठबन्धन दलहरुबीच दुरी बढ्दै गएको छ । निर्वाचन कार्यालयको तालिका अनुसार उम्मेदवारको मनोनयन दर्ता गर्न तीन दिन बाँकी रहँदासमेत दलहरुबीच सहमति हुन सकेको छैन । पटकपटकको बैठक निर्णयविहीन...

स्थानीय निर्वाचन-२०७४ फर्केर हेर्दा : हेटौंडा उपमहानगरमा कसको अवस्था कस्तो ?

मकवानपुर । सत्तारुढ गठबन्धनले स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरमा एकीकृत समाजवादी र उपमेयरमा नेपाली काँग्रेसले उम्मेदवार उठाउने गरि सहमति जुटाएका छन् । यो अवस्था बनेसँगै ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा कांग्रेस नेतृत्वको सत्तारुढ गठबन्धन र प्रतिपक्ष नेकपा एमाले बीच हेटौंडा उपमहानगरपालिकामा रोचक र चर्को प्रतिस्पर्धा हुने देखिन्छ...

‘समावेशी’ शब्द नअटेको एकीकृत समाजवादीको घोषणापत्र

काठमाडौं । स्थानीय चुनावका लागि अन्य दललाई उछिन्दै नेकपा एकीकृत समाजवादीले ४७ पृष्ठ लामो घोषणापत्र सोमबार सार्वजनिक गर्‍यो । एकीकृत समाजवादीपछि जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीको घोषणापत्र सार्वजनिक भएको छ । बाँकी दलहरूको घोषणापत्र सार्वजनिक हुन बाँकी छ । नेकपा एमालेबाट अलग भएर बनेको एकीकृत समाजवादीले...

झापामा मेराविरुद्ध ६ दलीय गठबन्धन बन्योः केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पाँच दलीय गठबन्धन ६ दलीय भइसकेको बताएका छन् । बिहीबार केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धन राजावादीसँग मिलेर ६ दलीय भएको बताएका हुन् । ६ दलीय गठबन्धन एमाले र आफनोविरुद्ध आफ्नै निर्वाचन क्षेत्रमा बनेको अध्यक्ष ओलीको...

आफ्नो भाग त्याग गरेर भए पनि गठबन्धन बचाउनुपर्छः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलहरुबीचकव् गठबन्धन जसरी पनि बचाउनुपर्ने बताएका छन् । बिहीबार कैलालीमा आयोजित पार्टीको कार्यक्रममा उनले आवश्यक परेको ठाउँमा तालमेलका लागि लचक हुन कार्यकर्तालाई निर्देशन दिए । ‘जरुरी पर्छ भने अलिकति लचक भएर पनि, आफ्नो भाग त्याग गरेर भए पनि गठबन्धन...

बागमती प्रदेशका सांसद विजय सुवेदीले दिए राजीनामा

मकवानपुर । नेकपा एमालेबाट भरतपुर महानगरपालिकाको प्रमुख पदमा सर्वसम्मत सिफारिस भएका बागमती प्रदेशसभा सांसद विजय सुवेदीले राजीनामा दिएका छन्। उनले बिहीबार सभामुख सानुकुमार श्रेष्ठ समक्ष राजीनामा पत्र बुझाएका हुन्।

सत्तारूढ गठबन्धनले सातै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने

काठमाडौं । सत्तारूढ पाँचदलीय गठबन्धनले सातै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने भएको छ । आसन्न स्थानीय तह निर्वाचनमा तालमेल गर्ने निर्णय गरेका गठबन्धनमा आबद्ध दलले सातै प्रदेशमा चुनावी सभा गर्न लागेका हुन् । गठबन्धनको निर्वाचसम्बन्धी संयन्त्रको बिहीबारको बैठकले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सातै प्रदेशमा...

कांग्रेस मकवनपुरका इतर समूहले भन्यो : केन्द्रीय सहमति मान्दैनौं, एक्लै उठिन्छ

मकवानपुर । सत्ता गठबन्धन दलहरुबिचको भागबन्डामा हेटौंडा उपमहानगरपालिका नेकपा एकीकृत समाजवादीको भागमा परेसँगै नेपाली कांग्रेस मकवानपुरका संस्थापन इतरका समुहले विरोध जनाएका छन् । कांग्रेस मकवानपुरका बहुमत पदाधिकारी संस्थापन इतर समूहका छन् । विहिवार हेटौंडा–२ स्थित कांग्रेस पार्टी कार्यालयमा इतर समूहका जिल्ला पदाधिकारी तथा पूर्वसभापतिहरुले पत्रकार सम्मेलन गर्दै केन्द्रीय नेतृत्वले...

यी हुन् हेटौंडा उपमहानगरको गठबन्धनका सम्भावित उम्मेदवार

मकवानपुर । सत्तारुढ गठबन्धनले हेटौंडा उपमहानगरपालिकाको मेयरका लागि नेकपा एकीकृत समाजवादीको उम्मेदवार उठाउने भएको छ । केन्द्रीय गठबन्धनको निणर्य अनुसार हेटौंडा उपमहानगरपालिकाको मेयरमा एकीकृत समाजवादीको उम्मेदवारलाई अघि सारिएको हो । एकीकृत समाजवादीले श्रीधर पोखरेललाई हेटौंडाको मेयरमा अघि सार्न खोजेको छ । उनी मकवानपुरका जिल्ला अध्यक्ष समेत हुन् । एमालेको...

हेटौंडाको मेयरमा एकीकृत समाजवादीलाई काँग्रेसको समर्थन

मकवानपुर । सत्तारुढ गठबन्धनको भागबण्डामा नेकपा एकीकृत समाजवादीले हेटौंडा उपमहानगरको प्रमुख पाएपछि काँग्रेस उपमहानगर समितिले असन्तुष्टि जनाए पनि जिल्ला कार्यसमितिले समर्थन जनाएको छ । उपमहानगर समितिले विज्ञप्ति जारी गरेर आफ्नो छुट्टै उम्मेदवार खडा गर्ने ध्यानाकर्षणसहित असन्तुष्टि जनाइरहेको अवस्थामा जिल्लाले भने केन्द्रीय नीतिलाई अवलम्बन गर्नुपर्ने भन्दै समर्थन जनाएको हो ।...