समाज/राजनीति

चुनावी प्रचारमा एमाले हेटौंडा –५ नम्बर वडा कमिटी

मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ कमिटी स्थानीय तहको निर्वाचनको तयारी तथा प्रचारप्रसारमा लागेको छ । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट वडाको लागि सर्वसम्मत उम्मेदवार भएको टिमले चुनावी प्रचारप्रसार सुरू गरेको हो । एमालेबाट हेटौंडा ५ को वडा अध्यक्षको उम्मेदवारको रूपमा सुशिल...

हेटौंडाको मेयरमा काँग्रेसबाट तीन जनाको नाम सिफारिस

मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसले हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयर पदका उम्मेदवारहरू सिफारिस गरेको छ । हेटौंडा उपमहानगरपालिका समितिको बैठकले हेटौंडाको मेयरमा एक महिलासहित दुई पुरुषलाई उम्मेदवारको रुपमा सिफारिस गरेको हो । बैठकले हेटौंडाको मेयरमा आनन्दराम पराजुली, उत्सव इटेनी र लक्ष्मी श्रेष्ठको नाम सिफारिस गरेको...

साझा चुनाव चिन्हमा जाने सम्भावना छैन : दाहाल

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी स्थानीय तहको निर्वाचनमा साझा चुनाव चिन्हबाट उम्मेदवारी दिने सम्भावना नभएको बताएका छन् । सोमबार आयोजित पत्रकार सम्मेलनमा दाहालले साझा चुनाव चिन्हमा जाने कि भन्ने विषयमा छलफल भए पनि त्यस्तो सम्भावना नभएको बताए । सत्ता पक्षीय दलहरूबीच देशव्यापी रुपमा गठबन्धन भए...

सिट बाँडफाँट टुंग्याउन बालुवाटारमा गठबन्धनको बैठक

काठमाडौँ । स्थानीय तहको निर्वाचनमा तालमेलका लागि सिट भाडबण्डा गर्न सत्ता गठबन्धनको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान साढे नौ बजेदेखि बैठक बसेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले चुनावी तयारीबारे छलफल गर्न बैठक बसिरहेको जानकारी दिए । गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र,...

premkrishana maharjan

ललितपुर महानगरको मेयर पदको उम्मेदवारमा प्रेमकृष्ण महर्जनको चर्चा

ललितपुर । ललितपुर कांग्रेसका प्रभावशाली नेता प्रेमकृष्ण महर्जन ललितपुर महानगरपालिकाको मेयर पदका प्रमुख दाबेदार हुन् । लामो राजनीतिक इतिहास भएका महर्जनको नाम मेयर पदको उम्मेदवारका लागि अधिक चर्चामा रहेको छ । वि.सं.२०२२ सालमा ललितपुर पाटनको दुपाट टोलमा सामान्य किसान परिवारमा जन्मिएका प्रेमकृष्ण महर्जनले आइकमसम्मको शैक्षिक योग्यता हासिल गर्न सफल...

नेकपा एसले राक्सिराङमा टुङ्ग्यायो उम्मेदवार

मकवानपुर । आसन्न स्थानीय निर्वाचनको लागि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) राक्सिराङ गाउँपालिका कमिटीले पालिका अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्षहरुको नाम टुंग्याएको छ । केन्द्रमा गठबन्धन गरेर निर्वाचनमा जाने सहमति भए तापनि पालिकामा गठबन्धन नभएको खण्डमा इन्चार्ज कृष्णबहादुर चेपाङलाई अध्यक्ष र उपाध्यक्षमा मिलनकुमारी तामाङलाई सिफारिस गर्ने आइतबार भएको पार्टी गाउँ...

अनेरास्ववियु क्रान्तिकारीमा ४१ सदस्यीय पदाधिकारी, महासचिवमा दिपेश पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले ४१ सदस्यीय पदाधिकारी चयन गरेको छ । शनिबार र आइतबार माओवादी केन्द्रका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, फ्र्याक्सन इन्चार्ज हितमान शाक्य, अखिल क्रान्तिकारीको केन्द्रीय कमिटी बैठकले पदाधिकारीको टुंगो लगाएको एक नेताले जानकारी दिए । गत असोजमा अखिल क्रान्तिकारीको अधिवेशनले अध्यक्ष...

नेपाल परिवार दलले मकवानपुरमा एमालेलाई सघाउने

मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचनमा नेपाल परिवार दलले मकवानपुर जिल्लामा नेकपा एमालेसँग तालमेल गर्ने पक्का भएको छ । आइतबार नेकपा एमाले मकवानपुरको पार्टी कार्यालयमा भएको छलफलमा नेपाल परिवार दलले केही वडामा सुर्य चिन्हबाट उम्मेदवारीसमेत दिने तय भएको छ । नेपाल परिवार दल मकवानपुरका अध्यक्ष हरिबहादुर लोप्चन र एमाले...

प्रदेशसभाको बन्द सूचीबाट नाम हटाउन एमालेका ११ नेताको निवेदन

काठमाडौं । नेकपा एमालेका ११ नेताले प्रदेशसभाको बन्दी सूचीबाट नाम हटाउन निवेदन दिएका छन् । स्थानीय चुनावमा भाग लिन प्रदेशसभा सदस्यको बन्द सूचीबाट नाम हटाउन ती नेताहरुले निवेदन दिएका हुन् । केन्द्रीय कार्यालयमा प्राप्त विवरण अनुसार धनेष यादव (बर्दिया), सिता बराल (बाजुरा), गोविन्द नेपाली (गण्डकी), देवीलाल लामिछाने (पाल्पा), रिनाकुमार...

एकीकृत समाजवादीबाट हेटौंडाको मेयरमा पोखरेल र लामाको नाम फिसारिस

मकवानपुर । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनमा आबद्ध नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले हेटौंडा उपमहानगरपालिको मेयर र उपमेयरको नाम सिफारिस गरेको छ । मेयरमा पार्टीका जिल्ला अध्यक्ष श्रीधर पोखरेल र पार्टी उपाध्यक्ष एवं वर्तमान उपमेयर मिना लामाको नाम सिफारिस गरेको छ । नेकपा ‘एस’...