साझा चुनाव चिन्हमा जाने सम्भावना छैन : दाहाल

अखबार हब
२०७९ बैशाख ५, सोमबार १९:१८

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी स्थानीय तहको निर्वाचनमा साझा चुनाव चिन्हबाट उम्मेदवारी दिने सम्भावना नभएको बताएका छन् ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा दाहालले साझा चुनाव चिन्हमा जाने कि भन्ने विषयमा छलफल भए पनि त्यस्तो सम्भावना नभएको बताए । सत्ता पक्षीय दलहरूबीच देशव्यापी रुपमा गठबन्धन भए पनि साझा चुनाव चिन्हका लागि सहमति भएको छैन ।

‘साझा चुनाव चिन्ह सम्भावना छैन । चुनाव चिन्ह बारेमा छलफल भइरहेको छ । वडाध्यक्ष जुन दलको छ त्यसमा जाने कि भन्ने विषयमा कुरा भएको थियो । तर चुनावी प्रक्रिया अघि बढिसकेकाले सम्भावना देखिँदैन,’ अध्यक्ष दाहालले भने ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले गठबन्धनको घोषणा गरिसकेका छन् ।

यद्यपि सिट बाँडफाँटबारे सहमति बन्न सकेको छैन । चुनावमा साझा चुनाव चिन्हको प्रयोग गरी प्रतिस्पर्धा गर्नेबारे छलफल भए पनि अध्यक्ष दाहालले त्यसको सम्भावना नरहेको बताएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*