समाज/राजनीति

गठबन्धन छाडेर तीन जिल्लाबाट बाहिरियो जसपा नेपाल

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि केन्द्रमा पाँच दलीय गठबन्धन गरेर जाने सैद्धान्तिक सहमति भए पनि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले तीन ठाउँमा गठबन्धन नगर्ने निर्णय लिएको छ । शुक्रवार बाँकेमा गठबन्धन नगर्ने घोषणा गरेको जसपा नेपालले शनिवार कैलालीमा पनि गठबन्धन नगर्ने निर्णय लिएको हो । नेपालगञ्जको मेयर...

जसपावाट बिजयी मेयर एमाले प्रवेश गर्दै, स्वागत गर्न एमाले अध्यक्ष ओली सर्लाही पुग्दै

सर्लाही । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)वाट बिजयी कबिलासी नगरपालिका प्रमुख कौशलकिशोर यादव अन्ततः नेकपा एमाले प्रवेश गर्ने भएका छन । सर्लाहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममार्फत मेयर यादवलगायत बिभिन्न पार्टीवाट बिजयी वडा अध्यक्ष र बिगतको निर्वाचनका प्रत्यासी उम्मेदवारहरुलाई पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्ने छन ।...

फेसबुके अभियन्ता बोकेर राजा फर्काउने लिङ्देनको मिसन

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको चर्चा यतिवेला कम्ताको छैन । उनी अध्यक्ष बन्ने बित्तिकै त झन् ६ महिनाभित्र राजसंस्था पुनःस्थापनामा सहमति जुटाउँछु भनेर घोषणा गर्नसमेत भ्याईहाले । राजसंस्था पुनःस्थापना त परको कुरा लिङदेनलाई चुनावमा अस्तित्व जोगाउनसमेत थाल खाउँ न भात खाउँको स्थिति छ यतिबेला । राप्रपाजस्तो...

अब एक चुनाव हेरौँ भन्ने समय अवस्था छैनः राजेन्द्र लिङदेन

चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले अब फेरि एक चुनाव हेरौँ भन्ने समय नरहेको बताएका छन् । राप्रपा चितवनले आज भरतपुरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै लिङदेनले ठूला दललाई फेरि जिताएर देश बनाउन खोज्नु भनेको साँढेको टाङमुनी बाल्टी थापेर दूध आउनु जस्तै भएको बताए । ठूला भन्ने...

मेयर उपमेयर छान्न पोखरामा एमालेको मनोनयन दर्ता सकियो

कास्की । एमालेले आज मतदानबाट पोखराको मेयर र उपमेयरको नाम सिफारिस गर्ने भएको छ । अहिले चुनावका लागि मनोनयन दर्ता भइरहेको छ । निर्वाचन कमिटीका अनुसार मेयरमा १२ र उपमेयरमा नौजनाले नाम दर्ता गराएका छन् । मेयरमा दर्शन लामा, दीपकबहादुर पौडेल, राजीव पहारी, रश्मि आचार्य, मीनाकुमारी गुरुङ, पुष्पज्योति ढुंगाना,...

इन्द्रसरोवरमा एमालेले टुङ्ग्यायो उम्मेदवार

मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले इन्द्रसरोवर गाउँपालिकाले सबै उमेदवारको टुङ्गो लगाएको छ । एमाले इन्द्रसरोवरले पालिका अध्यक्षको उमेदवारमा देवकृष्ण पुडासैनी र उपाध्यक्षमा हरिमायाँ बललाई सिफारिस गरेको छ। त्यस्तै वडा नम्बर १ को अध्यक्षमा राजु बस्नेत, २ मा बैकुण्ठ थापा, ३ मा प्रताप भोम्जन, ४ मा...

भरतपुरमा काँग्रेसको गनगन सकियो,हँसिया हथौडामा भोट हाल्ने निश्चित

चितवन । गठबन्धन दलहरुबिच तालमेलको सहमति जुटेसँगै भरतपुर महानगरको मेयर नेकपा माओवादी केन्द्रले पाउँने निश्चित भएको छ । माओवादी केन्द्रले भरतपुरमा वर्तमान मेयर रेणु दाहाललाई नै उम्मेदवार बनाउन चाहेको छ । रेनु माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी हुन् । भरतपुर महानगरको मेयर कांग्रेसले पाउनुपर्ने भन्दै चितवन कांग्रेसका नेता...

निर्वाचन आचारसंहिता विपरित माओवादीको प्रचारमा कुलमानको प्रयोग

काठमाडौं । निर्वाचन आचारसंहिता विपरित नेपाल विद्युत प्राधिकरणका महानिर्देशक कुलमान घिसिङ माओवादी केन्द्रको प्रचारमा प्रयोग भएका छन्। उनलाई नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनको पोष्टरमा प्रयोग गरेको हो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अर्थमन्त्री जनार्दन शर्मासँगै घिसिङको तस्बिर सहितको पोष्टर सार्वजनिक भएको छ। ‘अँध्यारोबाट उज्यालोको यात्रा’ भन्दै घिसिङको तस्बिर राखिएको...

एमाले मकवानपुरलाई चुनावी चटारो, गठबन्धन भने भागबन्डामै अल्झियो

मकवानपुर । स्थानीय तहको निर्वाचन नजिकिए सँगै मकवानपुरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई चुनाबी कार्यक्रमले झपक्कै छोपेको छ । मकवानपुरका सबै स्थानीय तहमा चुनावी कार्यक्रममा एमाले लागिपरेको छ । एमाले मकवानपुरले वडा तहका उम्मेदवार केही दिनमानै टुङ्गो लगाउने तयारी पनि गरेको अध्यक्ष एकलाल श्रेष्ठले जानकारी दिए । एमालेमा चुनावी...

हेटौंडा उपमहानगर: नेकपा एसको बटमलाइन

मकवानपुर । सत्तारूढ दलहरूबीच वैशाख ३० को स्थानीय तह निर्वाचनमा तालमेल गरेर जाने सहमतिले व्यवहारिक रुप लिन सकिरहेको छैन । सोमबारको संयुक्त वक्तव्यसँगै अब सिट भागबण्डाको विषयले प्रवेश पाएको छ । केन्द्रबाट तल्ला तहसम्ममा भागबण्डा मिलाउन नसकिनेमा सबै दलहरू सहमत देखिन्छन् । यद्यपि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत...