एमाले मकवानपुरलाई चुनावी चटारो, गठबन्धन भने भागबन्डामै अल्झियो
मकवानपुर । स्थानीय तहको निर्वाचन नजिकिए सँगै मकवानपुरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई चुनाबी कार्यक्रमले झपक्कै छोपेको छ । मकवानपुरका सबै स्थानीय तहमा चुनावी कार्यक्रममा एमाले लागिपरेको छ ।
एमाले मकवानपुरले वडा तहका उम्मेदवार केही दिनमानै टुङ्गो लगाउने तयारी पनि गरेको अध्यक्ष एकलाल श्रेष्ठले जानकारी दिए । एमालेमा चुनावी कार्यक्रमको चटारो समेत बढेको छ ।
एमालेले मकवानपुरका एक सय २ वटै वडाहरुबाट वडा अध्यक्ष र सदस्यहरुको नाम सर्वसम्मत ढंगले र सम्भावित नाम जिल्ला पार्टीलाई सिफारिस गरेको छ । अब जिल्ला पार्टी कमिटीको बैठकले गाउँपालिका तहका वडा अध्यक्ष र वडा सदस्यहरुको नामको टुङ्गो लगाउने भएको छ ।
यता गठबन्धनमा भने वडा र पालीका कुन पार्टीले पाउने भन्ने चिन्तामा छ ।
गठवन्धनसँग प्रतिस्पर्धा गर्ने दल एमालेले नामको टुङ्गो लगाइ सकेको र गठबन्धनमा भने अझै पनि कुन पालिका कुन पार्टीले प्राप्त गर्ने र उम्मेदवार कसरी छनोट गर्ने भन्ने चिन्ता थपिएको कांग्रेस मकवानपुरका एक नेताले बताए । कांग्रेस, नेकपा माओवादी, एकीकृत समाजवादी पार्टीका चुनावी कार्यक्रमहरु भने भइरहेका छन् ।







