समाज/राजनीति
पोखराको मेयरका लागि एमालेबाट १२ जनाको दावेदारी
कास्की । पोखरा महानगरपालिकाको मेयर बन्नका लागि एमालेभित्र १२ जनाले दावेदारी प्रस्तुत गरेका छन् । मंगलबार एमाले पोखराको बैठकमा १२ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । मेयरका लागि प्रदेश सांसद कृष्ण थापा, वडा नम्बर १३ का अध्यक्ष दर्शन लामा, व्यवसायी पुष्पज्योति दुंगाना, पुष्पराज अधिकारी, एमाले पोखराका पूर्व अध्यक्ष दीपक...
सत्ता गठबन्धन बैठकः नेतृत्व बाँडफाँटको टुंगो लगाउन जिल्ला संयन्त्रलाई निर्देशन
काठमाडौं । सत्ता गठबन्धनका दलहरुको बैठकले स्थानीय तह निर्वाचनका लागि गठबन्धन र उमेदवारको टुंगो लगाउन निर्देशन दिएको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकले नेतृत्व बाँडफाँट गरेर केन्द्रमा पठाउन जिल्ला संयन्त्रलाई निर्देशन दिएको हो । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाका अनुसार तालमेलको खाका टुंग्याउन ४...
एमालेबाट हेटौंडाको मेयरमा ३ जनाको नाम सिफारिस
मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले हेटौंडा नगर कमिटीले मेयर र उपमेयर पदकालागि तीन/तीन जनाको नाम टुङ्गो लगाएको छ । आज भएको एमाले हेटौंडा नगर कमिटीको बैठकले सर्वसम्मत् निर्णय गर्न नसकेपछि मेयरमा ३ जना र उपमेयरमा ३ जनाको नाम सिफारिस गरेको हो । बैठकले हेटौंडा उपमहानगरपालिकाको...
एकीकृत समाजवादीको चुनावी घोषणापत्रः एमालेका लोकप्रिय कार्यक्रमका ‘डिजाइनर’ माधव नेपाल, सुरुङ युगको सुरुवातकर्ता झलनाथ
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले तत्कालीन एमालेले अघि सारेका ‘लोकप्रिय कार्यक्रम’ का डिजाइनकर्ता अध्यक्ष माधवकुमार नेपाल र सुरुङ युगको सुरुवातकर्ता नेता झलनाथ खनाल रहेको उल्लेख गर्दै स्थानीय तह निर्वाचन घोषणा पत्र–२०७९ को मस्यौदा तयार पारेको छ । पोलिटब्युरो सदस्य विजयकुमार पौडेल, प्रकाश ज्वाला र बलदेव चौधरीले तयार पारेको मस्यौदामा...
चन्द्रपुरको मेयरमा कांग्रेसबाट १२ को उम्मेदवारी
रौतहट । स्थानीय तह निर्वाचनका लागि रौतहट चन्द्रपुर नगरपालिकाका भावी मेयर र उपमेयर पदका लागि नेपाली कांग्रेसबाट दर्जनभन्दा बढी आकांक्षी देखिएका छन् । चन्द्रपुरमा बसेको कांग्रेस नगर कमिटी बैठकमा मेयरका लागि १२ जनाले र उपमेयरका लागि ७ जनाले उम्मेदवारी दर्ता गरेर चन्द्रपुर नगरपालिकाको भावी नेतृत्वमा दाबी गरेका हुन ।...
तालमेलको ‘मोडालिटी’ टुंग्याउँदै गठबन्धन
काठमाडौं । पाँच दलीय गठबन्धनका शीर्षसहित उच्चस्तरीय राजनीतिक संयन्त्र र निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक आज बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न ४ बजे बैठक बस्ने भएको हो । बैठकले निर्वाचनमा तालमेलको ‘मोडालिटी’, उम्मेदवार मापदण्ड र प्रक्रियासहितको निर्णय गर्ने गठबन्धनले जनाएको छ । गठबन्धनका नेताहरूले सोमबार...
भरतपुर माओवादीलाई दिन प्रधानमन्त्री देउवा तयार
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीका स्थानीय नेता–कार्यकर्ताको तीव्र दबाबका बाबजुद भरतपुर महानगरपालिका माओवादीलाई दिन तयार भएका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहालले छोरी रेनुलाई मेयर बनाउने प्रस्ताव देउवासँग राखेपछि गठबन्धन जोगाउन भन्दै देउवा भरतपुर महानगरपालिका दोस्रो पटक माओवादीलाई दिन तयार भएका हुन् । पार्टीका स्थानीयस्तरका नेताःकार्यकर्ताले भने महानगरको नेतृत्व कांग्रेसले...
आसन्न निर्वाचनमा वियज हासिल गर्नु एमालेको अर्जुनदृष्टि : पौडेल
मकवानपुर । आसन्न स्थानिय निर्वाचनमा विजय हासिल गर्नु नेकपा एमालेको अर्जुनदृष्टि भएको बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन् । अनेरास्ववियु मकवानपुरले आयोजना गरेको वृहत विद्यार्थी भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले एमालेलाई पराजित गर्नका लागि ५ वटा दलहरु मिलेर गठबन्धन गरेपनि एमालेले स्थानिय चुनावमा अत्याधिक स्थानमा जीत हासिल...
निर्वाचन लक्षित अनेरास्ववियु मकवानपुरको १ हजार १ परिचालन कमिटी
मकवानपुर । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मकवानपुरको आयोजनामा जिल्ला स्तरीय बृहत विद्यार्थी भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आसन्न स्थानिय निर्वाचनलाई लक्षित गर्दै अनेरास्ववियु मकवानपुरले विद्यार्थीहरुलाई प्रशिक्षण प्रदान गरेको हो । जिल्लाको भीमफेदी, मनहरी, मकवानपुरगढी गाउँपालिका तथा हेटौंडाकै विभिन्न क्याम्पसहरुबाट हजारौंको...
कैलाशको अध्यक्षमा एमालेबाट ५ जनाको दाबी
मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले कैलाश गाउँ कमिटीले अध्यक्ष र उपाध्यक्ष पदका लागि नाम सिफारिस गरेको छ । एमाले कैलाश गाउँ कमिटीको सचिवालय बैठकले सर्वसम्मत् निर्णय गर्न नसकेपछि अध्यक्षमा ५ जना र उपाध्यक्षमा ५ जनाको नाम सिफारिस गरेको हो । बैठकले कैलाश गाउँपालिकाको अध्यक्ष पदका...









