सत्ता गठबन्धन बैठकः नेतृत्व बाँडफाँटको टुंगो लगाउन जिल्ला संयन्त्रलाई निर्देशन

अखबार हब
२०७८ चैत्र २९, मंगलवार २०:२२

काठमाडौं । सत्ता गठबन्धनका दलहरुको बैठकले स्थानीय तह निर्वाचनका लागि गठबन्धन र उमेदवारको टुंगो लगाउन निर्देशन दिएको छ ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकले नेतृत्व बाँडफाँट गरेर केन्द्रमा पठाउन जिल्ला संयन्त्रलाई निर्देशन दिएको हो । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाका अनुसार तालमेलको खाका टुंग्याउन ४ वैशाखसम्मको समयसीमा समेत तोकिएको छ ।

यसअघि गठबन्धनले मंगलबारसम्म सबै कुराको टुंगो गरिसक्ने जनाएको थियो। तर गठबन्धन दलभित्र तालमेललाई लिएर तीव्र असन्तुष्टि बढिरहेका बेला निर्णयको समय लम्ब्याइएको हो।

गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा रहेका छन् । आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन तोकिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*