कांग्रेसले मेयर नपाए हेटौँडामा गठबन्धन तोड्ने

अखबार हब
२०७९ बैशाख ६, मंगलवार १५:५९

मकवानपुर। नेपाली कांग्रेस हेटौंडा उपमहानगरसमितिले मेयर नपाए पाँच दलीय गठबन्धन नमान्ने निर्णय गरेको छ ।

आज मंगलबार कांग्रेस पार्टी कार्यालयमा बसेको नगर समितिको बैठकले हेटौँडाको नेतृत्व कांग्रेसले गर्ने सहमतिमा मात्रै गठबन्धन गरेर अघि बढ्न सकिने निर्णय गरेको छ । नेकपा (एकीकृत समाजवादी)ले दावी गरिरहेको हेटौंडाको मेयर कांग्रेसले छोड्न नसक्ने निर्णय गरेको हो । कांग्रेस हेटौँडा नगर समितिका सचिव सविन न्यौपानेले मेयर र बहुमत वडा कांग्रेसले पाएमात्रै गठबन्धन गर्ने निर्णय गरेको बताए ।

कांग्रेसबाट मेयरमा आनन्दराम पराजुलीसहित उत्सव इटेनी र लक्ष्मी श्रेष्ठको नाम नगर समितिले सिफारिस गरिसकेको छ । हेटौंडाको मेयरलाई लिएर जिल्लास्तरीय गठबन्धनमा सहमति हुन सकेको छैन् । कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चासहितको पाँच दलीय गठबन्धनको बैठक अनिश्चित बनेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*