अनेरास्ववियु क्रान्तिकारीमा ४१ सदस्यीय पदाधिकारी, महासचिवमा दिपेश पुन

अखबार हब
२०७९ बैशाख ४, आईतवार २१:१२

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले ४१ सदस्यीय पदाधिकारी चयन गरेको छ ।

शनिबार र आइतबार माओवादी केन्द्रका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, फ्र्याक्सन इन्चार्ज हितमान शाक्य, अखिल क्रान्तिकारीको केन्द्रीय कमिटी बैठकले पदाधिकारीको टुंगो लगाएको एक नेताले जानकारी दिए ।

गत असोजमा अखिल क्रान्तिकारीको अधिवेशनले अध्यक्ष पञ्चा सिंह र केन्द्रीय सदस्यहरु चयन गरेको थियो । आइतबार चयन भएका पदाधिकारीमा १९ जना उपाध्यक्ष रहेका छन् । जसमा इन्द्र भुसाल, जीपी मैनाली, टुकमान महरा, मिलन एमसी, लक्ष्मी जोशीलगायत रहेका छन् ।

त्यस्तै महासचिवमा दिपेश पुन र कोषाध्यक्षमा भूषण शाही चयन भएका छन् । अखिल क्रान्तिकारीको केन्द्रीय कमिटी २९९ सदस्यीय हुने भनिएपनि अहिले १९९ सदस्यीय मात्र छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*