सांस्कृतिक कार्यक्रमसहित हेटौंडा–१० मा एमालेको चुनावी प्रचार प्रसार

अखबार हब
२०७९ बैशाख ७, बुधबार २०:४९

मकवानपुर । विभिन्न सांस्कृतिक कार्यक्रमसहित नेकपा एमाले हेटौंडा – १० वडा कमिटीले चुनावी प्रचार प्रसार सुरु गरेको छ । बुधबार हेटौंडा–१० स्थित न्युरेनी टोलमा एमालेको वडा कमिटीले चुनावी कार्यक्रमको आयोजना गरेको हो ।

नेकपा एमाले हेटौंडा १० नं. वडा कमिटीका अध्यक्ष राजकुमार बिश्वकर्माको सभाध्यक्षतामा भएको सांस्कृतिक कार्यक्रममा एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दैअध्यक्ष श्रेष्ठले जनताको विश्वासलाई एमालेले नतोड्ने बताएका छन्।

आज हामीले मुलुकको विकास र टोल टोलको विकासको कुरा गरिरहँदा एमालेको मुल नारा पनि यहि भएको बताए । आसन्न स्थानीय तहको निर्वाचनमा सबै क्षेत्रमा एमाले बहुमतका साथ विजयी हुने र निरन्तर विकास निर्माणको काममा लाग्ने समेत उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा नेपाल जनसांस्कृतिक महासंघका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । कलाकारहरु सहितको टोली लिएर एमालेको वडा कमिटीले हेटौंडा–१० को टोल टोलमा प्रचार प्रसार कार्यक्रम गर्ने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*