भीमफेदीको अध्यक्षमा काँग्रेसबाट तीन जनाको नाम सिफारिस

अखबार हब
२०७९ बैशाख ७, बुधबार ११:०५

मकवानपुर। आसन्न स्थानीय तह निर्वाचनको लागि मकवानपुरको भीमफेदी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष उम्मेदवारमा नेपाली काँग्रेस गाउँकार्यसमितिले नाम सिफारिस गरेको छ ।

काँग्रेस भीमफेदी गाउँपालिका कार्यसमितिको बैठकले पालिका अध्यक्षका लागि जिल्ला उपसभापति आनन्नद कठायत, पालिका सभापति सञ्जीव श्रेष्ठ र नारायण थापाको नाम पार्टीको प्रतिनिधि सभा क्षेत्रीय समितिमा सिफारिस गरेको हो ।

यस्तै उपाध्यक्षमा गोपीराम बल, सुमित्रा तामाङ, गोरीमाया लामा, मोमलाल दोङ र शान्ता विकको नाम सिफासि गरिएको काँग्रेस भीमफेदी गाउँ समितिले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*