गठबन्धनमा जुट्यो सहमति, हेटौंडा उपमहानगर एकीकृत समाजवादीको भागमा

अखबार हब
२०७९ बैशाख ६, मंगलवार २३:३०

मकवानपुर । पाँच दलीय गठबन्धनमा हेटौंडा उपमहानगरपालिकासहित देशका ११ वटा उपमहानगरको भागबण्डामा सहमति जुटेको छ ।

भगबण्डा अनुसार ११ मध्ये ७ उपमहानगरको मेयर काँग्रेसले पाएको छ । बालुवाटारमा बसेको गठबन्धनको बैठकले भागबण्डामा सहमति जुटाएको हो ।

सहमति अनुसार माओवादी केन्द्रले दुई, नेकपा एकीकृत समाजवादी र जसपाले एक/एक उपमहानगरमा मेयर पाएका छन् । जसअनुसार एकीकृत समाजवादीले हेटौंडा र जसपाले जनकपुरधाम पाएको हो ।

काँग्रेसले बुटवल, तुलसीपुर, इटहरी, धरान, कलैया, नेपालगञ्ज र धनगढीमा मेयर उठाउने छ । त्यस्तै माओवादी केन्द्रले घोरही र जीतपुर सिमरामा आफ्नो मेयरको उम्मेदवार उठाउने छ ।

तर, उपमेयर पाउने उपमहानगरपालिकाको भने टुंगो लागिसकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published.


*