राप्रपाको घोषणापत्रः सुत्केरी महिलालाई तीन महिनासम्म ३ हजार भत्ता, गाईभैंसीलाई पनि भत्ता दिइने (पूर्णपाठसहित)

अखबार हब
२०७९ बैशाख ७, बुधबार १६:५९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको निर्वाचन लक्षित घोषणापत्र सार्वजनिक गरेको छ।

बुधबार सार्वजनिक घोषणापत्रमा सुशासन, शिक्षा, स्वास्थ्य, कृषि तथा पशु, खानेपानी, कर व्यवस्था, युवा तथा खेलकुद, भौतिक संरचना, सामाजिक, महिला, रोजगारी तथा अन्य जस्ता शीर्षकमा पार्टीको धारणा सार्वजनिक गरिएको हो।

राप्रपाले प्रत्येक वडामा प्रसुती सेवा तथा निम्न आए भएका हरेक सुत्केरीलाई तीन महिनासम्म तीन हजार मासिक भत्ता दिइने उल्लेख छ। राप्रपाले गाई भैंसीमा समेत सुत्केरी भत्ता दिने भनेको छ। गाई, भैंसी, बाख्रामा कृतिम गर्भधान सेवा पूर्ण रुपमा निःशुल्क गर्ने भनेको छ।

सामूहिक खेती गर्ने समूहलाई अनुदान, एक वडा एक उत्पादनको अवधारणालाई प्राथमिकता दिने भनिएको छ। विद्यालयका छात्राहरुलाई निःशुल्क सेनेटरी प्याड वितरण गर्ने भनिएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*