समाचार
मकवानपुरमा तीन स्कुले बालिकालाई खोलाले बगायो, एकको मृत्यु दुई पौडिएर बाँचे
मकवानपुर । मकवानपुरको राक्सिराङमा विद्यालयबाट घर गइरहेका विद्यार्थीलाई खोलाले बगाउँदा एकजनाको ज्यान गएको छ भने दुईजना पौडिएर बाँच्न सफल भएका छन् । खोलाले बगाउँदा स्थानीय देवीटार माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत बालिका मनितामाया थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए...
वागमती प्रदेशमा विपक्षी गठबन्धनभित्रै मतभेद
मकवानपुर । अल्पमतमा परिसकेको अष्टलक्ष्मी शाक्य नेतृत्वको प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउन विपक्षी गठबन्धनभित्रै मतभेद भएको छ । एमाले विभाजन भएर १३ सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेसँगै शाक्य नेतृत्वको सरकार अल्पमतमा परिसकेको छ । शाक्यले एक महिनाभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने कानुनी बाध्यता छ । तर संसद् अधिवेशन स्थगन गरेर सत्ता...
एउटा अधुरो प्रेमकथाः भेट्दै नभेटी गइन् लक्ष्मी
काठमाडौँ । वैदेशिक रोजगारीका क्रममा साउदी अरब रहेका रोल्पा त्रिवेणी गाउँपालिका–७ गाङका ४४ वर्षीय प्रदीप परियारको ‘फेसबुक’मार्फत भोजपुर षडानन्द नगरपालिकाकी ३५ वर्षीया लक्ष्मी राईसँग प्रेम बस्यो । एकअर्कालाई ‘कहिल्यै नेदेखेका’ उनीहरूबीच यति अगाध प्रेम बस्यो कि विवाह नै गर्ने निधोमा पुगे । घण्टौं प्रेमका कुरा हुन्थे । जसले ‘विवाह...
तरकारीको भाउ अचाक्ली, केमा बढ्यो कति ?
काठमाडौँ । दुई सातायता तरकारी भाउ अचाक्ली बढेको छ । चाडपर्व नजिकिएसँगै तरकारीको भाउ बढेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार बजारमा केही तरकारीको मूल्य शतप्रतिशत बढेको छ । भदौको अन्तिम साता थोकमा प्रतिकेजी १५/२० रुपियाँ रहेको गोलभेँडा असोजको दोस्रो साता ३८ रुपियाँ पुुगेको छ भने...
वर्षमान पुन उपचारका लागि बैंकक प्रस्थान
काठमाडौँ । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुन उपचारका लागि बैंकक प्रस्थान गरेका छन् । नेपालका वरिष्ठ चिकित्सकहरूको सल्लाहमा थप उपचारका लागि पुन बैंकक गएका हुन् । उनको साथमा पूर्व सभामुख तथा पत्नी ओनसरी घर्ती पनि छन् । पूर्व मन्त्री समेत रहेका पुन केही समयदेखि अस्वस्थ भएपछि...
जसको धैर्यता र विवेकले ७७ जनाको ज्यान जोगियो
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार बिहान विराटनगरका लागि उडेको बुद्ध एयरको एटिआर ७२ जहाज ठूलो दुर्घटना हुनबाट जोगियो । विराटनगरमा अवतरण गर्न ल्यान्डिङ गियर नखुलेपछि फर्किएको जहाजले काठमाडौंको आकाशमा झन्डै दुई घन्टासम्म फन्को मारेर ‘फोर्स ल्यान्डिङ’को तयारी गर्यो । तर, अन्तिम समयमा ल्यान्डिङ गियर खुलेपछि क्याप्टेन एजी शेर्पाले सहज अवतरण...
अस्थिर नीतिले खाडीमा महिला कामदारको तस्करी
काठमाडौँ । घरेलु कामदारका लागि जाने महिला असुरक्षित भएको भन्दै २० चैत ०७३ बाट नेपाल सरकारले रोक लगाएपछि खाडी मुलुकमा महिला कामदारको तस्करी हुन थालको छ । सरकारको अस्थिर नीतिको फाइदा उठाउँदै दलालहरूले महिला कामदारको तस्करी गर्दै विदेश लैजाने गरेका हुन् । गैरकानुनी रुपमा विदेश जानुपर्दा बाटोदेखि गन्तव्य मुलुक पुगेर स्वदेश...
भ्याली कोल्ड स्टोरका सञ्चालक अपहरणमा प्रहरीमाथि नै अनुसन्धान
काठमाडौँ । भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलको अपहरणमा संलग्न रहेका एक अपहरणकारीलाई जिल्ला अदालत काठमाडौंले निर्दोष सावित गर्दै रिहा गरेपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले छानबिन समिति गठन गरेको छ । रावल अपहरण काण्डको अनुसन्धान गरेर अदालतमा मुद्दा दायर गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका बारेमा अनुसन्धान गर्न छानबिन समिति...
‘नेपालका लागि मात्र एमसिसी संशोधन हुन सक्दैन’
काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नेपालका लागि मात्र संशोधन हुन नसक्ने बताएका छन्। संयुक्त राष्ट्रसंघको ७६औं महासभामा सहभागी हुन अमेरिका पुगेका खड्काले गैरआवासीय नेपाली संघ रन्युयोर्कस्थित महावाणिज्य दूतको कार्यालयले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा एमसिसी स्ट्यान्डर्ड फम्र्याटमा बनाइएको सम्झौता भएको बताए। एमसिसी...
सत्ता गठबन्धनबीच मन्त्रालय भागबन्डा , कुन दललाई कति मन्त्रालय ?
काठमाडौं । सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएसँगै सत्ता गठबन्धन आबद्ध दल मन्त्रिपरिषद् विस्तारमा जुटेका छन् । अध्यादेश फिर्ता भएसँगै दलहरूबीच मन्त्रालय भागबन्डाबारे सहमति भएको हो । सहमतिअनुसार गठबन्धन आबद्ध नेपाली कांग्रेसले सात मन्त्रालय लिनेछ । यस्तै, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)ले ६–६...










