मकवानपुरमा कोरोना बिरुद्धको पूर्ण खोप लगाउने एक लाख ४३ हजार
मकवानपुर। मकवानपुर जिल्लामा कोरोना भाइरस संक्रमण बिरुद्धको पूर्ण खोप लगाउने एक लाख ४३ हजार २ सय ५५ जना रहेका छन् । कोरोना बिरुद्धको पहिलो खोप लगाउने एक लाख ९ हजार ८ सय २० जना पुगेका छन् । कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएपछी धेरैले कोरोनाको डरले खोप लगाएका छन् । त्यस भन्दा पहिले बृद्धबृद्धाहरुलाई लगाउनका लागि आएको खोप लगाउने अत्यन्त कम मात्रै थिए ।
अहिले पहिलो मात्रा खोप लगाएकाहरुलाई जिल्लाका दश वटै स्थानीय तहमा खोप लगाउने काम भइरहेको स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले वताउनुभयो । दोस्रो मात्रा खोप लगाउनका लागि कुनै अभाब समेत नभएको उनले बताए ।
पहिले खोपको चरम अभाब भएपनि अहिले भने त्यसको समस्या छैन । जिल्लाका दश वटै स्थानीय तहमा कोरोना विरुद्धको खोप लगाउनेको सख्या दिनहुँ बढ्दै गएको छ । पहिलो खोप लगाएकाहरु मध्य कोभिशिल्ड खोप लगाउनेहरुलाई मात्र खोप आउन बाँकी रहेको र भेरोसेल खोप लगाउनेहरुलाई भने दोस्रो मात्र लगाउनुपर्ने समयमै लगाइ राखिएको उनले बताए ।







