हेटौंडा अस्पतालमा निःशुल्क मुटुरोग शिविर

अखबार हब
२०७८ आश्विन १४, बिहीबार १९:५७

मकवानपुर । हेटौंडामा निःशुल्क मुटुरोग शिबिर संचालन हुने भएको छ । शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका मुटुरोग बिशेषज्ञबाट यही असोज १६ गते शनिबार शिविर हुने भएको हो । मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आयोजनामा कार्यक्रम हुन लागेको हो ।

मुटुरोग सम्बन्धी ७ जना डाक्टर र ४ जना प्राबिधिक सहित ११ जनाको टिमले शिबीरमा आएका करिब पाँच सय जनालाई उपचार गर्ने प्रतिष्ठानका रजिष्टार तथा अस्पतालका अध्यक्ष राजेश प्रसाईले बताए ।

निःशुल्क शिविरका लागि जिल्लाका दश वटै स्थानीय तहमा खबरगरिएको र २ सय जनाले नाम समेत टिपाएको उनले बताए । मुटुरोगको परिक्षणसंगै ल्याबमा परिक्षण, औषधि समेत निशुल्क उपलब्ध गराइने प्रतिष्ठानका सदस्य उत्सब चौलागाईले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*