हेटौँडामा गर्भवती महिला माथी निर्घात कुटपिट

अखबार हब
२०७८ आश्विन १३, बुधबार १९:४९

मकवानपुर । हेटौडा उपमहानगरपालिकामा एक होटल व्यवसाय गर्दैै आएकी एक महिलामाथी निर्घात कुटपीट गर्ने एक हुल युवालाई प्रहरीले पक्राउ गरेको छ । गर्भवती अवस्थामा रहेकी उनलाई स्थानीय युवाले उनलाई पटक पटक घरमै गएर कुटपीट गर्ने गरेको पिडीत महिलाको भनाई छ ।

उनले सन्चालन गरेको होटलमा पटक पटक उधारो खाने र पैसा माग्दा पिडीत महिलाका श्रीमानलाई समेत स्थानीय युवाहरुले होटलमै कुटपीट गर्ने गरेका थिए ।

स्थानीय युवाहरुको कुटपिटबाट गम्भीर घाईते भएकी उनलाई उपचारको लागी हेटौँडा अस्पताल आएकी उनलाई हेटौँडा अस्पतालमा पनी युवाहरुले अभद्र व्यवहार गरेका छन् । बुधबार हेटौँडा अस्पतालमा उपचार गराउनका लागी अस्पतालका आएका उनका श्रीमान र सासुलाई समेत प्रहरीकै अगाडी एक हुल युवाले आक्रमण गरेका थिए । मार्ने नियतले पटक पटक आक्रमण गरेको र आफु आफ्नो परिवार असुरक्षित रहेको पिडीत महिलाले बताईन् ।

उनलाई आक्रमण गर्ने एक हुल युवाको समुहको बुधबार विहान हेटौँडा अस्पतालबाट प्रहरीले पक्राउ गरेको छ । अस्पताल परिसरमा पिडीत महिला र उनको परिवार माथी आक्रमण भएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेलाई कानुन अनुसार दण्डित गरीने प्रहरीको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*